काभ्रेपलान्चोक – श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

बिहान ११ बजेबाट शुरु भएको १३ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राजान अधिकारीले गरेका हुन भने जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । साधारणसभाको जिल्ला सहकारी संघका अध्यक्ष शर्माले उद्घाटन गर्नु भएको थियो ।

श्रमिक जनउत्थान सहकारीमा आवद्ध सदस्यहरुले आफुले उत्पादन गरेको काउली, कफिको बेर्ना, चाउमिन, केक लगायतको सामाग्री साधारणसभा बाट नै प्रमुख अतिथि, विशेष अतिथिहरु लाई मायाको चिनो भनेर हस्तान्तरण गरिएको थियो । साथै साधारणसभाको अवसरमा दन्त शिबिर संचालन गरिएको थियो । उक्त शिबिर बाट ६० जनाले सेवा लिएका छन् ।

उता कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिलिप शर्माले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको बताउनु भयो ।

श्रमिक जनउत्थान बचतको प्रमुख सल्लाहकार तथा सहकारी अभियान्ता मोहन गजुरेलले कार्यक्रममा बोल्दै हाल वजारमा देखिएकाे आर्थिक संकट टार्ने काम श्रमिकहरूले मात्रै गर्न सक्ने, श्रमिक जनउत्थान वचत सहकारीले श्रमिकहरूको हक हितको लागि काम गर्ने भएको कारणले श्रमिकहरूले सानाे सानो रकम जम्मा गरे ठुलाे हुने र सुरक्षित रहने बताउनु भयो ।

रोशी गाउँपालिका उपाध्यक्ष एवम् संस्थाका पुर्व अध्यक्ष मिम बहादुर वाइवाले पछिल्लो समय सहकारी संस्थामा देखियको समस्याहरु लाई नेपाल सरकारले छिटै सम्बोधन गर्ने बताउनु भयो । पछिल्लो समय काभ्रे जिल्लाको धेरै सहकारीहरुमा आर्थिक संकट हुने संचालक फरार हुने गरेको सूनिन्छ । सबै समस्याको समाधानको लागि स्थानीय तह विशेष रूपमा प्रस्तुत हुने बेला आएको बताउनु भयो ।

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष राजन अधिकारीले अझैपनि सदस्यहरुलाई सहकारी बुझाउन बाँकी रहेको बताउनुभयो । आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष गणेश कुमार तामाङले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव अम्बिका तिमिल्सिनाले गरेकी थिइन ।

लेखा समितीका संयोजक तुलसीराम रिजालले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष गणेश कुमार तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

सहकारीमा झण्डै दुई हजार जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका संचालन समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्य उपस्थित रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक देबि लामाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

 

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul