केन्द्रीय सदस्य आचार्यले आफू प्रदेशभरको जिम्मेवारीमा रहेकाले व्यस्त भएको भन्दै पार्टी र गठबन्धनका उम्मेदवारलाई मत नमागेको, निकट रहेका वडा सभापति र वडा अध्यक्षहरुको बैठक नै बोलाएर एमाले उम्मेदवार गोकुल बाँस्कोटालाई मतदान गर्न दबाव दिएको र अन्य किसिमका प्रलोभन बाँडेको, धेरैपटक घरमा जाँदा पनि उम्मेदवारलाई भेट नदिएको, निकटका कार्यकर्ताहरुलाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेपछि तिनै जनालाई पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी कार्बाही गर्न सिफारिस गरेको हो । केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा उपस्थित नभएको, आफु निकटका साथिहरुलाई सुर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रुपमा यो पटक सुर्यमा मतदान गरि चन्द्र लामालाई जिताउनु, अर्को पटक उसले मलाई सहयोग गर्छ भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भन्दै उजुरी परेको तथा प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, क्षेत्रीय सभापतिको तर्फबाट मातहतको संगठनहरु वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरु समेतलाई बोलाइ बाँस्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बाँडेको भनी उजुरी परेको बताईएको छ ।
शनिबार बसेको जिल्लाको बैठकले बागमति प्रदेशका महामन्त्रीसमेत रहेका प्रदेशसभामा विजयी भएका नेता कन्चनचन्द्र वादे तथा बनेपा नगरसभापति महेश कर्माचार्यसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै कम मत आएको ठाउमा संबंधित पालिका कमिटिले स्पष्टीकरण सोध्न सक्ने निर्णय गरेको छ । –नव क्षितिज साप्ताहिकबाट