भक्तपुर/नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भाते ढिकुरकी छात्रा प्रशंसा कार्की विजयी भएकी छिन् ।
प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकी मदरल्याण्डकी कार्की एन प्याब्सनको बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ।
यस्तै प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी छात्रा सदिक्षा बुढा दोश्रो र ईडेन गार्डेन कै छात्रा सुप्रिया श्रेष्ठले तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् भने पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

ईडेन गार्डेन स्कुलमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले शिल्ड, जिल्ला अध्यक्ष संजय खड्काले मेडल र जिल्ला सचिव जय प्रकाश राईले टिका तथा खादा लगाइ विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्नु भएको जानकारी कार्यक्रम संयोजक नेशनल प्याब्सनका सदस्य सुमन शिल्पकारले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….