काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले सुनकोशी नदी स्थित वडा नम्बर ८ को सिस्नेरी बगरमा भएको घटनाको भत्र्सना गरेको छ ।

आज प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्नुभएको हो । विज्ञप्तिमा वडा नम्बर ८ का वडा अध्यक्ष मोतिलाल तामाङ र स्थानीय रामकाजी श्रेष्ठ माथि सुनियोजित ढंगले चारैतिरबाट आई सांघातीक हमला गर्ने उद्धेश्यबाट घरेलु हातहतियार सहित ठुलो संख्यामा अनाधिकृत व्यक्तिहरुले दुब्र्यवहार गरी हातहतियार देखाउँदै हातपात र कुटपिट गरिएको उल्लेख छ ।                         

त्यस्तै पालिका अध्यक्ष प्रेम बहादुर भुजेल घटनास्थलमा पुग्दा गाउँपालिका अध्यक्षज्यूलाई समेत नियन्त्रणमा लिइ कानून हातमा लिने कार्य गरिएको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छः भुम्लु गाउँपालिका वडा नं ८ को सिस्नेरी बगर क्षेत्रमा अनाधिकृत रुपमा ढुङ्गा, गिट्टि, बालुवा उत्खनन् भएको सूचना प्राप्त गरी उक्त क्षेत्रको अनुगमन गर्न मिति २०७९÷०९÷०४ गते यस गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष मोतिलाल तामाङ्ग सहित स्थानीय रामकाजी श्रेष्ठ समेत जाँदै गर्दा उक्त क्षेत्रमा एक्कासी सुनियोजित ढंगले चारैतिरबाट आई सांघातीक हमला गर्ने उद्धेश्यबाट घरेलु हातहतियार सहित ठुलो संख्यामा अनाधिकृत व्यक्तिहरुले दुब्र्यवहार गरी हातहतियार देखाउँदै हातपात र कुटपिट गरिएको साथै गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल समेत घटनास्थलमा पुग्दा गाउँपालिका अध्यक्षज्यूलाई समेत नियन्त्रणमा लिइ कानून हातमा लिने कार्य गरिएको प्रति भुम्लु गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

अनियन्त्रित भिडबाट गाउँपालिकाको प्रमुख माथि गरिएको सो किसिमको व्यवहारवाट गाउँपालिका परिवार स्तब्ध भएको छ । उक्त घटनाको घोर भर्त्सना गर्दै सो निन्दनिय कार्य गर्ने र गर्नका लागि प्रोत्साहित गर्ने सवै माथि कानूनी कारवाहीको लागि भुम्लु गाउँपालिका जोडदार माग गर्दछ ।’

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….