काभ्रेपलान्चोक – “नेपाल मास्क अभियान” अन्तर्गत पनौतीमा पनि ‘तपाईको मास्क खै?’ कार्यक्रमको आयोजना गरिएको छ। आज पनौती बस पार्कबाट जनचेतनामुलक सन्देश सहित बजारका विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा पनौतिका मेयर सक्रियता तिब्र देखिन्थ्यो । जनचेतनामुलक कार्यक्रममा नगर प्रमुख न्यौपानेले मास्क नलगाई हिडेका नगरवासीहरुलाई मास्क वितरण गर्नुभएको थियो। अन्य नगरपालिकाको दाजोमा पनौतिका मेयर सक्रिय भएर जुनसुकै काममा लागि परेको देखिन्छ ।
‘तपाईको मास्क खै?’ अभियान कार्यक्रमको आयोजना प्रहरी चौकी पनौती र ईलाका प्रहरी कार्यालय बनेपाको सहकार्य संचालन भएको थियो । जनचेतनामुलक कार्यक्रमकै क्रममा पाँच सय भन्दा बढीलाई मास्क वितरण गरिएको छ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोइराला प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरिक्षक सन्तोष बनियाँ, , सम्माजसेवी तथा पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
कोभिड-१९ को संक्रमण दर पुन: बढ्दै जानु तर जनमानसमा मास्क लगाउने प्रवृत्ति घट्दै जानुले निकट भबिष्यमा कोरोना संक्रमण दर तिव्र रुपले वृद्धि हुनसक्ने कुरालाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै?’ कार्यक्रमको सुरुवात गरिएको थियो ।