काभ्रेपलान्चोक – रोशी गाउँपालिका ३ नं. वडा कार्यालयले शिक्षकहरुलाई एक महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ ।
तालिममा रोशी ३ नं. वडा भरीका १८ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए । दक्ष जनशक्तिको अभावमा विभिन्न संघ संस्थाबाट प्राप्त कम्प्युटरहरु विद्यालयको स्टोर कोठामा थन्किएर रहेको अवस्थामा रोशी गाउँपालिका ३ नं. वडाले भने राम्रो कामको थालनी गरेको एक शिक्षकले बताए । साथै सोही अवसरमा रोशी गाउँपालिका ३ नं. वडाका कृषकहरुलाई ८ वटा मिनि टिलर (ट्रयाक्टर) ५०% अनुदानमा वितरण गरिएको थियो ।