काभ्रे – जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट, बनेपामा ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले शैक्षिक प्रतिष्ठानप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, पत्रकार, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाईमा रुची बढ्नुका साथै व्यक्तित्व बिकासमा समेत वृद्धि भई भविष्यमा असल नागरीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा समेत यस्तै विविध शैक्षिक कृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए । अभिभावक दीर्घलाल घिसिङ र पत्रकार रोजन तामाङ लगाएतले दिक्षान्त समारोहको प्रशंसा गरे ।