चिया पसल, सार्वजनिकस्थलमा सहकारीकै चर्चा छ, राम्रा पनि छन्, ब्यङंग्यात्मक पनि छन्, सुधारात्मक पनि छन् । तर आजकल अलि बढी चाहि नकारात्मक बिषयहरुले प्राथमिकता पाउने गरेका छन् । हाम्रो समाजको अवस्था नै यस्तै छ, अलिकति कहि कतै केहि बिषयमा कुरा उठ्यो भने अनेकौं टिक्का टिप्पणी भै हाल्ने । नेपालमा सहकारी क्षेत्रको औपचारिक सुरुवात भएको लगभग आठ दशक भैसकेको छ । यस अवधिमा निकै आरोह, अवरोहहरु सहकारीले भोग्नु परेको छ ।

यो अवस्थामा सहकारी संस्थाहरुलाई ल्याइ पुर्याउनका लागि जे जति अभियानकमीृहरुले भूमिका निर्बाह गर्नुभएको छ ती सबै मनन् योग्य छन् सम्झाना लायक छन् । यो क्षेत्रमा हिजो योगदान गर्नेहरुले आन्दोलन गर्नेहरुले दिनरात नभनी मिहेनत गरेका कारण आज सहकारी क्षेत्रले फड्को मार्न खोजेको आभाष हुन्छ । ईतिहास हामी सबैले सम्झनु पर्दछ, स्विकार गर्नुपर्दछ, र मनन गर्नुपर्दछ । सहकारीले आम नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको छ । अभियानकर्मीहरुले संघर्ष पनि त्यस्तै गर्नुपरेको छ ।

पञ्चायतकालमा सहकारी संस्था र यस प्रतिको हेराई के थियो ? प्रजातन्त्र प्राप्ति पछिको सहकारीको उदय र आम मानिसहरुको खुसीको अवस्था के थियो ? अनि तत्कालिन अवस्थामा वा २०४८ को सहकारी ऐन पश्चात देशमा बैंक तथा बित्तिय संस्थाहरुको अवस्था र आम नेपाली समाजलाई आवश्यकता पर्दा कस्ता दुःख सास्तीहरु झेलेका थिए यसबारेमा हामीले बुझ्नु जरुरी छ । हामी ईतिहास विर्संने गर्दछौं । ईतिहास समय समयमा खोतली खोतली अध्ययन गर्नुपर्दछ । यसले वर्तमानमा हामीलाई शिक्षा प्रदान गर्दछ जसका कारण हामीले यो क्षेत्रको विस्तार, विकास र प्रवद्र्धन गर्नका लागि योजना निर्माण गर्नका लागि र सहि बाटो पहिल्याउनका लागि मार्गदर्शन प्रदान गर्दछौ ।

स–साना घटनाका कारण हाल सहकारी क्षेत्रलाई अनविस्वास सिर्जना गर्ने काम जोडतोडका साथ हुदैछ । हामी अभियानमै छौं हामीलाई थाहा छ सहकारी क्षेत्रमा केहि समस्याहरु देखिएका छन् सुधार गर्दै जानुपर्ने । यसका बारेमा हामी अभियानमा नै जोडिएर समस्या सामाधान गर्ने बाटोहरुको खोजी गरिरहेका छौ. । तर जे जति जसरी यो क्षेत्रलाई सत्य तथ्य नबुझी विना विश्लेषण अफवाह फैलाएर तहस नहसको बाटोमा हिडाउन खोजिदै छ, किन यस्तो अवस्थामा पुर्याउन खोजिएको होला भन्ने बिषयहरु गम्भिर भएर छलफल चलाउनु पर्ने भएको छ । के अव सहकारीका बारेमा हाम्रो धारणा नकारात्मक नै हो त ? किन बढ्दैछ अविस्वास ? देशको अर्थ व्यवस्थामा २० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको यस क्षेत्रले कूल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत रहेको यो क्षेत्रले लाखौं मानिसहरुलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको यो क्षेत्र, कुन क्षेत्र भन्दा कमी रह्यो त ? कहिल्यै हामीले मूल्यांकन गर्यौं ? आम सर्व साधारणको गेडागुडी, सागपात, दुध बिक्रि, मेलापात गरेर आर्जन गरेका पैसा सुरक्षीत रुपमा राखेको सहकारीले आम शेयर सदस्यहरुको आवश्यकता पुरा गर्दै दैनिक जीवनलाई सहज बनाएको भने पक्कै छ । हाल केहि शेयर सदस्यहरुको पैसा वा बचत फिर्ताका बिषयमा अलि बढी आम मानिसहरुमा चासो बढेको छ ।

शेयर सदस्यहरुबाट संकलन गरेको रकम सहकारी संस्थाले लगानी गरेको हुन्छ । लगानी गरेको पैसा समयमा शेयर सदस्यहरुले साँवा र ब्याज सहित समयमा नै संस्थामा तिर्न बुझाउन नसक्दा वा नआउँदा केहि समस्याहरु देखिएका छन् । जतिसुकै ठूला बैंक तथा बित्तिय संस्थाहरुले पनि भनेको समयमा आजको आजै बचत गरेको पैसा फिर्ता दिन सक्दैन यो सत्य हो । सहकारी संस्थाहरुबाट ऋण वापत पैसा लगेर समयमा भूक्तानी नगर्ने शेयर सदस्यहरुलाई पैसा समयमा भूक्तानी गर्नुस भनेर अरु शेयर सदस्यहरुले भन्नै नमिल्ने हो र ? भनेको समयमा साँवा तथा ब्याज नियमित रुपमा भूक्तानी गर्दा संस्था सहज रुपमा सञ्चालन हुन सक्दछ ।

अझै पनि सहकारी संस्थाहरु जो समूदायमा आधारित भइ सञ्चालनमा रहेका छन् उनीहरुको तरलता प्रतिशत १८ प्रतिशत भन्दा माथि रहेको देखिन्छ । केहि पैसा फिर्ता गर्न उनीहरुलाई अप्ठ्यारो छैन । तर बचत बापतको सबै रकम एकै पटक सबै सदस्यहरुले फिर्ता माग्दा कुन बित्तिय संस्था तथा बैंक होला तुरुन्तै फिर्ता गर्ने यति कुरा त पक्कै हामी सहकारी संस्थामा शेयर सदस्यका रुपमा आबद्ध हुने सदस्यहरुले बुझेकै होला भन्ने लाग्दछ । हामी इमान्दार शेयर सदस्यहरु हौं भने अर्काले फैलाएको अफवाहमा लागेर अरुको हल्लाको पछि नलागि संस्थामा गएर के कस्तो अवस्था छ भनेर बुझ्ने कोशिस किन गर्न सक्दैनौ ? सहकारी संस्था प्रति सँधै अविस्वास गरिरहने, शंका गरिरहने, अरुको नकारात्मक कुराहरु मात्र सुन्ने, संस्थामा गएर बुझ्ने आँट कहिले नगर्ने कारण संस्था प्रति अविस्वास सिर्जना भएको हो ।

हामीलाई आवश्यक परेका बेलामा आफ्ना सम्पत्ति धितो राखेर पैसा लिदा समेत सरल तरिकाले मूल्यांकनका आधारहरुलाई पनि हाम्रो आनि बानी परिवारिक बिषयहरु जे जस्तो अवस्थामा रहे पनि छिटो भन्दा छिटो प्रकृया पुरा गरी ऋण लगानी गर्दा कति हामीलाई सहज थियो ? यस्ता प्रकृयामा अन्य बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणका लागि आवेदन दिएको भए कति समस्या तथा दुःख भोग्नु पथ्र्यो होला कहिले पनि विश्लेषण हामीले किन गरेनौं ? यति बिषयमा यति कुराहरु राखिरहँदा यतीसम्म त अवस्य भन्न सकिन्छ कि सहकारी प्रति अनविस्वास हामी किन गर्दैछौं ? क्षणीक रुपमा हल्लाका पछाडि लाग्दा गफका लागि त ठिकै होला तर अन्तत यसबाट बेफाइदा हुने हामीलाई नै हो ।

समुदायमा आधारित सहकारी संस्था जतिको सुविधा सहितका निकायहरु नेपालमा अरु कुनै छैन यति ढुक्क भएर चूनौतीका साथ भन्न सकिन्छ । भोलिका दिनहरुमा तपाइ हाम्रा गाउँ, टोलहरुमा यस्ता सुविधा दिने कुनै संस्था आउने छैनन । त्यहाँ समस्याका चाङ आउनेछ । विना धितोमा आवश्यक पर्दा एक बोरा मल खरिदका लागि रकम आवश्यक पर्दा तुरुन्तै पैसा तपाइको हातमा दिने कुन निकायले दिन्छ ? त्यसैले आजैदेखि सहकारी क्षेत्रको बारेमा नकारात्मक टिक्का टिप्पणी गर्ने ब्यक्तिहरुको पछाडी नलाग्नुस, बिषयवस्तुहरु गम्भिर भएर बुझ्नुस, समस्या बुझ्नुस, फाइदाका बारेमा सोच्नुस, अनि मात्र सहकारी क्षेत्रको विकास हुन्छ हो त्यसैले सहकारी क्षेत्र प्रतिको अनविस्वास किन ?
जय सहकारी ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….