सञ्चारकर्ममा जति नाम छ त्यती नै सामाजिक कर्ममापनि जोडिएका एक सामाजिक अभियान्ता र समाजसेवी हुन–अग्रज पत्रकार नवराज बजगाईं । त्यही काम चयन गर–जो तिमीलाई रुचि लाग्छ भनेझै उनले रुचिको विषय पत्रकारिता शुरु गरेको दुई दशक भै सकेको छ । योसँगै उनि निरन्तर सामाजिक कार्यमा लागि रहेका छन ।
पवित्र मनले गरेको सेवाले आत्मसन्तुष्टि मात्रै होईन सत्कर्ममा लाग्ने प्रेरणा पनि दिने भएकाले आफुले सकेको सहयोग गर्न निरन्तर लागिरहने बजगाईले बताए । आफुले देखाउन भन्दा सिकाउन अर्थात अरुलाई पनि केहि गरौं भन्ने भावना जगाउनको लागि काम गर्नु पर्ने उनको बुझाई छ । एकल, सहकार्य र समन्वयमा समेत गरी निरन्तर समाजसेवा कर्ममा लागेका उनी काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, को मामुली परिवारमा जन्मिएका हुन । स्व. कोमलप्रसाद र खिनमाई बजगाईका कान्छो छोराको रुपमा २०३६ साल असार १८ गते जन्मेका नवराज बजगाई २०५९ सालदेखि पत्रकारिता पेशामा क्रियाशिल छन । पत्रकारितामा जति जमेका छन त्यती नै सामाजिक कार्यमा पनि उनको योगदान रहेको छ ।
देशमा आईपरेका हरेक बिपत्तीमा होस या गरिब असहायको पिडामा नै किन नहोस उनी मल्हमपट्टी बनेर पुग्ने गर्छन । महाभुकम्प, नाकाबन्दीले दिएको पिडा, कोरोना महामारीलगायतका बिपदमा उनी सञ्चारकर्मीमात्र बनेनन् निरन्तर पिडित र समाजको सहयोगी बनिरहे । पत्रकारितालाई कर्म मानेका उनले समाजसेवालाई धर्म अर्थात कर्तब्यको रुपमा लिन्छन । २०५९ सालमा पत्रकारितामा आउनुअघि गाउँमै बिद्यालय बाहिर रहेका बालबालिकालाई निशुल्क रुपमा बालकक्षा र दिदिबहिनिहरुलाई पौढ कक्षा मार्फत शिक्षा दिने गर्थे । कला, साहित्य र राजनितिमा रुचि राख्ने उनी गित, गजल, कविता र नाटक लेख्ने पर्व बिषेशमा प्रदर्सन समेत गराएर समाजलाई जागरणको शंखघोष गर्थे । जिल्लामा अलिबढी राजनिति हुने गाउँमा जन्मेर होला उनलेपनि सानैदेखि राजनितिमा चासो राख्थे । गाउँ र पेरिफेरीमा हुने राजनैतिक गतिविधि र कार्यक्रमहरुमा परिवारको अनुमति बेगरैपनि पुग्ने गरेका कारण धेरै पटक परिवारको गाली समेत खाएका छन । उनलाई केहि गाउँले र उनकै बुबाले समेत मदन भण्डारी भनेर जिस्काउने गरेका कारण अहिलेसम्मपनि गाउँमा जादा केहि बुज्र्रुकहरुले भण्डारी नै भन्ने गरेको अनुभव सुनाउछन नवराज बजगाई ।
राजधानीबाट नजिकै रहेपनि विकासमा पछाडी परेको नयाँगाउँमा २०५५ साल ताकादेखि सचेतना कार्यक्रमहरु शुरु हुदाँ उनी सहजकर्ता बनेर समुहहरु बनाउने र समुह मार्फत सचेतना र विकासको अभियान अघि बढाउने अभियान्ताको रुपमा सक्रिय बनेका थिए । त्यही ताका जिल्ला विकास समितिलगायतको सहयोगमा गाउँमा लघुउर्जा मार्फत बिधुतीकरण, शौचालसहितको गोवरग्यास (वायोग्यास) प्लान्ट निर्माणलगायतका अभियान शुरु भएको थियो । त्यो अभियानमा लागेर खटेका कारण बजगाईले नेतृत्वदायी भुमिका पाएका थिए । उनीलगायतको सफल भुमिकाका कारण त्यो बेला गाउँमा करिब ७० प्रतिशत घरमा शौचालय र गोबरग्यास प्लान्ट निर्माण भएका थिए–जुन जिल्लाकै उदाहरणिय काम बनेको थियो । हो त्यहिबाट शुरुवात भएको थियो नवराज बजगाईको सामाजिक यात्रा । जुन अहिलेसम्म सामाजिक अभियान्ताको रुपमा निरन्तर निरन्तर रहेको छ ।
विशेषगरी पछिल्लो समय उनको चर्चा असार महिनामा हुने गर्छ । जुन बेला सामाजिक सञ्जाल र प्राय मिडियाहरुमा उनी छाउने गर्छन । कारण हो बजगाई र उनकी धर्मपत्नी तारा भट्टराईको जन्म दिन । उनी प्रत्येक वर्ष आफ्नो जन्म दिन असहायहरुसँग मनाउने गर्छन । त्यही क्रममा यो वर्षपनि बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाए । मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउने गरेका छन । यस अघि जिल्लाका बिभिन्न सेवा घर र आश्रममा जन्म दिन मनाउने गरेका बजगाईले जन्मदिन बाहेकका अरु विशेष दिनहरु, एनिभर्सरी लगायत भने अरु बिभिन्न सेवा घर र आश्रममा सहयोग गरेर मनाउने गर्छन ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाईले यो वर्ष (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका हुन ।
बनेपा–९, नयाँबस्तीमा रहेको बौद बृद्ध आश्रममा रहेका बृद्धबृदाहरुको आफै तस्विर समेत खिँचेर छुट्टाछुट्टै रुपमा फ्रेमिङ गरी उनिहरुलाई प्रदान गरेका छन । जसलाई उहाँहरुले बस्ने कोठामा झुण्डाएर राखेका छन । यो आश्रममा पनि बजगाईले प्रत्येक वर्ष खाद्यान्न लगायत केहि न केहि सहयोग गर्ने गरेका छन ।
२०७२ बैशाख १२ मा गएको महाभुकम्पको बेलापनि बजगाईको दैनिकी सञ्चार र सहयोग दुबै गरेर बितेको थियो । भुकम्प गएको दिनदेखि नै पिडितको सहयोगमा जुटेका उनी आफुसँग नहुदाँ पनि सहयोगी खोजेरै भएपनि पिडितकोमा भने गैरहे । भुकम्प गएको पर्सीपल्ट हुँदा काभ्रे वन पैदाबरको सहयोगमा त्रिपाल, लत्तापपडा र खाद्यान्न लिएर आफ्नो गाउँ मण्डनदेउपुर–४, मा पुगेर राहत वितरण गरेसँगैदेखि उनले भुकम्प पिडितका लागि सहयोग अभियान जारी राखेका थिए । त्यो बेला बजगाई प्रेस चौतारी काभ्रेको अध्यक्ष र पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रहेकाले जिल्लाका मिडिया र सञ्चारकर्मीको असहजिलोमा नजिकबाट सहयोगी बने । केहि पत्रकारलाई पावर बैकलगायत सुबिधा उपलब्ध गराउन सफल उनले प्रेस चौतारी नेपालका नेता पत्रकार गणेश पाण्डेको सहयोगमा जिल्लाका धेरै पिडितहरुलाई पाल बितरण गरेका थिए । त्यसको केहि महिनापछि पाण्डेको समन्वयमा पत्रकार बजगाईले झापाको शनिश्चरेमा सडक जिवन बिताई रहेका एक ८० वर्षे बृद्धलाई उद्धारगरी प्लेन मार्फत काठमाडौं ल्याई पबित्र सेवा समाजमा सेटल गरेका थिए ।
त्यो बेला काभ्रे उद्योग बाणिज्य संघको मिडिया संयोजक रहेका कारण उनले काभ्रे उद्योग बाणिज्य संघकोे सहयोगसमेतमा जिल्लाका केहि पत्रकार र अन्य पिडितहरुको घर घरमा कपडा र खाद्यान्न पुर्याएका थिए । भौतिक निर्माण गर्न कठिन रहेकाले भुकम्पका कारण क्षतिग्रस्त प्राईम एफएमको पनौतीमा रहेको टावर घर निर्माणमा बजगाईको अध्यक्षतामा प्रेस चौतारी काभ्रेको टोलीले केहिदिन श्रमदान समेत गरेको थियो । जसबाट सहज रुपमाटावर घर निर्माण भएको थियो । स्मरण रहोस कुशल नेतृत्व गरेकै कारण प्रेस चौतारी काभ्रेको अध्यक्ष हुँदा हुदै बजगाई केन्द्रिय समितिमा सर्वसम्वत चयन भएका थिए । उनको नेतृत्व रहेको बेला भुकम्प र नाकाबन्दीको पिडा र चुवावी वर्ष रहेर संगठनको काम गर्ने समय कम हुँदा पनि जिल्लामा केहि दिने निशुल्क पत्रकारिता तालिमको शुरुवात, क्रियाशिल पत्रकारलाई ल्यापटपसहित पुरस्कारको शुरुवात, सबै पत्रकारलाई सञ्चारकर्म गर्न हुनेगरी इन्टरनेट र कम्प्युटरको सुविधासहितको कार्यालयको शुरुवात, पत्रकार राहत कोषको शुरुवात, सबै पत्रकारलाई प्रेस ज्याकेट वितरणलगायतका मुख्य काम भएको थियो । साथै पत्रकारले अरुलाई पनि सहयोग गर्छन भन्ने सामाजिक उत्तरदायित्व अन्तरगत जिल्लाका केहि बालिकाहरुलाई स्टेशनरी प्रदान र पाँचखाल–५, मा रहेको जन उद्दार स्कुलमा अध्यनरत सम्पुर्ण बिद्यार्थीहरुलाई निशुल्क ड्रेस, एक वर्षको लागि सम्पुर्ण स्टेनरी र बिद्यालयमा आवश्यक खेलकुुद सामान प्रदान गरिएको थियो ।
यि र यस्ता धेरै गतिबिधि उनि नेतृत्वमा रहदा भएको थियो । त्यसैगरी उनी पत्रकार महासंघ काभ्रेको उपाध्यक्ष रहेको बेला उनकै विशेष पहलमा जिल्लाका मिडियाहरुलाई लोककल्याणकारी बिज्ञापन दिने शुरुवात भएको थियो । जुन अहिलेपनि निरन्तरता रहेकै कारण धेरै मिडियाहरु चलिरहेका छन । त्यसैगरी औपचारिक कार्यक्रमहरुमा पत्रकार बोलाउदा भत्ताको व्यवस्था गर्नुपर्ने, बिज्ञापन दिँदा समानुपातिक गर्नुपर्ने र राहदानी हराएको र मालपोतको ३५ दिने सूचनालगायत जिल्लाकै पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था मिलाउन उनैले भुमिका खेलेका थिए ।
महाभुकम्पको बेला नेकपा एमालेले देशैभर सञ्चालन गरेको पुनःनिर्माण श्रम शिविर अन्तरगत बनेपाको चतुरेमा बस्ती निर्माण, मण्डनदेउपुर–४, मा रहेका महाकाली माविको अस्थायी भवन निर्माणलगायतमा गरी उनले १४ दिन श्रमदान समेत गरेका छन । २०७२ असोजदेखि भारतले लगाएको नाकाबन्दीका कारण परेको मारमा समेत उनी चुप लागेर बसेनन् । पिडितलाई सक्दो सहयोग गरी रहे ।
२०७७ सालबाट शुरु भएको कोरोना महामारीमा पनि उनिबाट साथ पाउनेहरुमा धेरै दरिए । यो भाइरसबाट बच्ने उपायबारे सामग्री खोज्ने, मिडिया र सामाजिक सञ्जालहरुबाट सन्देश प्रवाह गर्ने त उनको दैनिकी र कर्म नै थियो । साथै लकडाउनका कारण छाक टार्न र घर पुग्न नसकेकाहरुको पिडा दर्दनाक नै थियो । पत्रकार बजगाईले त्यो बेला सामाजिक सञ्जालबाट सार्वजनिक सूचना नै गरी नजिकमा रहेका पिडितहरुले सहयोग लिन सक्ने घोषणा गरे अनुरुप सम्पर्कमा आएकाहरुलाई थोरै भएपनि सहयोग गरेका थिए । सँगै कोरोना संक्रमणबाट बच्न त्यो बेला प्रयोग भएको गुर्जाेको खोजी र निशुल्क वितरणमा पनि उनी लागि परेका थिए । महंगो दरमा बजारमा बिक्रि हुने गरेको गुर्जो निशुल्क वितरण शुरु गरेका बनेपाका गुर्जो अभियान्ता मुक्ति बिष्टसँगै गुर्जो रहेको जंगल खोजी गर्ने गएर संकलन गर्ने र ल्याएर वितरण गर्ने कार्यमा दिन रात खट्ने गरेका बजगाईले यसका फाइदा बारे धेरै सन्देश सामग्रीहरु तयार पारेर युट्यूब र सामाजिक सञ्जालहरुबाट प्रस्तुत गरेका थिए । जुन अहिलेपनि खोजेर हेर्न पढ्न सकिन्छ ।
यस्ता धेरै सामाजिक कार्य जसले गरी रहे, गरी रहेका छन । जुन खोजेर र लेखेर सकिदैनन् । भेटमा उनी यसरी प्रस्तुत भए उनले सुनाएका र हामीले बिभिन्न माध्यमबाट जानकारी पाएका उनले गरेका कार्य त एउटा पोको मात्र रहेछ–भकारी त खोली साध्य छैन । जे होस उनको यो यात्रा अविरल बगिरहोस ।
भेटकै क्रममा पत्रकार बजगाईले पत्रकारिता पेशा भनेकै चुतौती नै चुनौतीको पेशा रहेको बताए । हरेक खाले समस्याहरु आईरहने रहेछन । बिशेषगरी मोफसलमा रहेर सञ्चारकर्म गर्न धेरै कठिन छ । र मिडिया सञ्चालन गर्न झनै कठिन रहेछ । सिमित श्रोत साधनले धेरै कार्य गर्नु पर्दाका समस्या धेरै छन । मुख्य त आर्थिक समस्या बढी नै रहे । हन्डर र बबन्डर र अरु त भनि साध्य छैन । समस्या कै बिचबाट सफलता खोज्दै जाने हो, समस्या र चुनौतीले नै सफलताको मार्ग दिन्छ उनको बुझाई रहेको छ ।
यो पेशाको उपलब्धी भनेकै समाजको माया र सम्मान रहेछ । समाजकै लागि काम गरिरहँदा धेरै संघ संस्थाहरुले राम्रो मुल्याङ्कन गरेको पाएको छु । त्यो नै अवशेष नहुने माया हो । अहिलेसम्म सम्मान, पुरस्कार र प्रशंसापत्रहरुलगायत गरेर १०० को हाराहारिमा पाएका उनले रेडियो, भिडियो, छापा र अनलाईन मिडियामा काम गरेको लामो अनुभव सम्हालेका छन ।