सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, काभ्रेपलाञ्चोकको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
संस्थाले वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको अवसरमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुदानमा संस्थाको प्रांगणमा निर्मित कृषि लाईब्रेरी भवनको मन्त्रालयका पूर्व मन्त्री श्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा कृषि लाइब्रेरी उद्घाटन कार्यक्रम समापन भयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख श्री कुल प्रसाद दवाडी, पनौती न.पा. वडा नं. ४ का वडाध्यक्ष श्री दीपक प्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदयराम कायस्थ र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व मन्त्री श्री बसुन्धरा हुमागाईले मन्तब्य राख्नुहुँदै उत्कृष्ठ सहकारीको रुपमा सामुदायिक नै आफ्नो छनौटमा रहेको र यहि सहकारीसँगकै सहकार्यमा संस्थाको प्राङ्गणमा कृषि लाइब्रेरी स्थापना भएकोमा गौरवको महसुस भएको विचार ब्यक्त गर्नुहुँदै यसको सञ्चालनका लागि आवश्यक सहयोगको लागी तत्पर रहेको प्रतिबद्धता सहित संस्था सवै रुपमा सक्षम र सर्वोत्कृष्ठ हुन सकोस भन्दै आफ्नो मन्तब्य राख्नुभएको थियो ।
मन्तब्यकै क्रममा कृषि ज्ञान केन्द्रका प्रमुख श्री कुल प्रसाद दवाडीले कृषि लाइब्रेरीको स्थापनाले यस क्षेत्रका कृषकहरुलाई कृषि कार्यलाई ब्यवसायीक रुपमा गर्नको लागि आवश्यक ज्ञान साथै उपयोगी जानकारीहरु प्राप्त गरि ब्यवसायीक कृषकको रुपमा सफल हुन अति सहयोगी हुने विचार राख्नुभएको थियो । साथै संस्थाले गर्ने कृषि तथा कृषकका कार्यमा आवश्यक सहयोगका लागि तत्पर रहेको विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा पनौती न.पा. वडा नं. ४ का वडाध्यक्ष श्री दीपक प्रसाद दाहालले मन्तब्य राख्नुहँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सफल उत्कृष्ठ संस्थाको प्राङ्गणमा कृषि लाइब्रेरी स्थापना हुनुले आफैमा गर्वको महसुस भएको विचार ब्यक्त गर्नुहुँदै यसबाट पनौती भेगका कृषकहरुका लागि सिकाईको केन्द्र बनाउन सकियोस विशेष गरि तरकारी तथा वाली उत्पादन, विउ विजनको जानकारी साथै आधुनिक कृषि औजारहरुको पूर्ण जानकारी साथै अनुदान र प्रकृया समेतको जानकारी गराउन सकेमा अझै उत्कृष्ठ हुने भन्दै संस्था र संस्थाले गरेको कार्यहरुको प्रशंसा गर्नुहुँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रमको दास्रो सेसनमा संस्थाको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले संस्थाको समग्र लक्ष्य प्राप्ती र आगामी वर्षको लक्ष्य तथा योजनाको विषयमा प्रस्तुति गर्नुभएको थियो भने विभागीय प्रमुखहरुले सम्वन्धित विभागको प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाले आ.व. ०७९।०८० मा आर्थिक मन्दीका बाबजुद पनि रु. ७९ करोडको सम्पत्ती र १३ हजार शेयर सदस्य बृद्धि गर्न सफल भएको साथै आगामी वर्ष रु. १ अर्ब सम्पत्ती बृद्धिको लक्ष्य लिई सोही बमोजिम आफ्ना नीति तथा कार्यक्रमहरु तय गरेको छ ।
कार्यक्रम समापनमा संस्थाका अध्यक्ष श्री प्रकाश बन्जारा ज्यूले संस्थाले कृषि तथा पशुपालन पेशामा रहेका कृषकहरुका लागि संस्थाले गरेका कार्यहरुको विषयमा प्रकाश पार्नुहुँदै संस्था कृषकहरुको जीवनस्तर उकास्नका लागि नियमित रुपमा लागिपरेको र यस कृषि लाइव्रेरीले अझै यसमा टेवा पुर्याउने विचार ब्यक्त गर्नुहुँदै यस लाइब्रेरी स्थापनाका लागि विशेष सहयोग गर्नुहुने बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व मन्त्री श्री बसुन्धरा हुमागाई प्रति आभार ब्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो । यस लाईब्रेरी स्थापनामा साथ र सहयोग गर्नुहुने सवैमा हार्दिक आभार ब्यक्तगर्नुहुँदै संस्थाले आ.व. ०७९।०८० मा लक्ष्य अनुसार सम्पन्न गरेका क्रियाकलापहरुको विषयमा सुझाव दिनुहुने तथा सहभागीहरु संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र ब्यवस्थापनका सम्पूर्ण ब्यत्तिहरुलाई हार्दिक आभार दिँदैं कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री कुमार प्रसाद लामिछानेले राख्नुभएको थियो ।