बनेपा – जिल्लाकै प्रतिष्ठित व्यापारिक घराना समुहले संचालन गरेको आभाष बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा शनिबार बनेपामा सम्पन्न भएको छ ।

साधारण सभामा विशेष मन्तव्य राख्दै मेयर शाक्यले आभाष साकोस बनेपाकै नमूना सहकारी रहेको बताउनुभयो । बनेपामा धेरै सहकारी रहेपनि वित्तिय प्रगति विवरणमा आभाषको अवस्था निक्कै सन्तोषजनक रहेको बताउनुभयो ।

बनेपामा रहेका सहकारीको अवस्था कस्तो रहेको छ भनेर विश्लेषण गर्दा २२ वटा सहकारीमात्रै समस्यामा देखिएको उहाँले उल्लेख गर्नुभयो । ती सहकारीमा रहेको बचतकर्ताको बचत डुब्न नदिने हिसाबले आफूहरुले प्रयास गरिरहेको दाबी गर्दै नगरपालिकाले सहकारी सम्बन्धि सम्पुर्ण तथ्याङक संकलन गरिरहेको जिकिर गर्नुभयो ।

बनेपामा धेरै सहकारी समस्यामा पर्नुको कारण अत्याधिक मात्रामा धेरै मुनाफा कमाउन घर जग्गामा लगानी गरेको देखिएको बताउनुभयो । आभाष सहकारीको साधारण सभाको उपस्थिती हेर्दा पनि निक्कै राम्रो रहेको पुष्टि गरेको र समाजकै उदाहरणीय व्यक्तिवाट संचालन गरेकाले खासै समस्या नपरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष दिनेशराज कायष्ठले सुख दुःखको सहयात्रीको नारा बोकेर स्थापना भएको सहकारीले निरन्तर रुपमा सेयर सदस्यको भावना अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले बचत तथा ऋण कार्यक्रममात्रै नभएर सामाजिक उत्तरदायित्व निर्वाहमा समेत सहकारीले काम गरिरहेको बताउनुभयो । संस्थाले नाफामात्रै कमाउन नभएर समुदायप्रतीको चासोलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले सहकारी बचत तथा ऋण मात्रै नभएर समाजको अभिन्न अंङग पनि भएको बताउनुभयो । उहाँले आभाष साकोसले सदस्यको पिरमर्का बुझेर छोरी अभियान संचालन गरिएको बताउनुभयो ।

सहकारीका सचिव प्रकाश कायष्ठले एक बर्षमा संस्थाले हासिल गरेको प्रगति विवरण पेस गर्नुभएको थियो । साधारण सभामा उहाँले ६२६५ सदस्यलाई सेवा सुविधा पु¥याएको बताउनुभयो । कोषाध्यक्ष धर्मभक्त प्रधानले एक बर्षमा गरेको वित्तिय प्रगतिको विवरण साधारण सभा समक्ष पेस गर्नुभयो ।

लेखा समितिका संयोजक विकास वैद्यले सुझाव सहितको लेखा समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । उपाध्यक्ष ग्रोबिन तौजलले स्वागत गर्नुभएको कार्यक्रममा बडाअध्यक्षहरु हिटलर शाक्य, शुभलक्ष्मी मानन्धर, जिल्ला बचत तथा ऋण सहकारी संघका बालकृष्ण दाहाल, बागमती टिपर संघका अध्यक्ष सुरेश खत्री, ज्योति मिर्मिरे सहकारीका गोपाल दाहाल, पत्रकार मोतिराम तिमल्सिनाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको सहजीकरण प्रमुख प्रवन्धक सुवास वैद्यले गर्नुभएको थियो । उहाँले सहकारीको सिन्द्धान्तमा रहेर काम गरिरहेको उल्लेख गर्नुभयो । सहकारीले निरन्तर आफ्नो गती लिइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….