काभे्रपलाञ्चोक जिल्ला साबिक पोखरी नारायणस्थान गा.बि.स. वडा नं. ० ३ हाल तेमाल गाँउपालिका वडा नं. ०५ निबासी बुबा खड्ग नारायण लामा र आमा स्व सुनमाया लामाको कोखबाट मिती २०४८ साल भदौ ७ गतेका दिन पहिलो सन्तानको रुपमा जन्मिएको देबी लामा पछिल्लो समय सहकारी क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । बाल्य अबस्था सामान्य अबस्था बित्दै थियो तर परिवारमा बज्रपात सामना गर्नु पर्यो २०५४ सालको ठुलो एकादशीको दिनमा काठमाडौंबाट तामाघाट हुदै तेमाल जाने क्रममा बोहोरेदोभानमा गाडी दुर्घटना हुन गई जन्म दिने आमा र एक सानी बहिनी सहित दुबै जनाको घट्नास्थलमा मृत्यु भएको खबरले सानै भएको र जन्ममृत्यू बारे जानकार नभएको हुँदा खासै पिडाको अनुभुति गरेको जस्तो नलागेको बताउनु भयो । बुझ्ने भए यसपछि भने कहि कतै घट्नाहरुको समाचार सुन्दा पनि धेरै याद आउने र पिडा बोध हुने गरेको बताउनु भयो । सन्तानहरु सानै भएको हुँदा बुबालाई घर सम्हाल्न असहज भएपछि बुबाले सानुममी बिहे गर्नुभयो र हामीलाई बाल्यअवस्था पार गर्न सहज हुन थाल्यो पढाईलाई निरन्तर गर्दै अघि बढे यहि शिलशिलामा श्री नारायण स्थान उ.मा.बि बाट २०६६ सालमा एस.एल.सि. (क्।ी।ऋ) पास गरी थप अध्ययनको लागि बनेपा स्थित बुडोलमा रहेको काभे्र बहुमुखी क्याम्पसबाट +२ हुदै मास्टर्स सम्मको अध्ययन सकाएर हाल सहकारी अभियानमा अघि बढ्ने क्रममा बनेपा स्थित श्री श्रमिक जनउत्थान साकोसको प्रबन्धकको जिम्मेवारी सम्हाली रहनु भएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले श्रमिक जनउत्थान साकोसको प्रबन्धक देबी लामासँग गरेको कुराकानी

० सर्बप्रथम श्रमिक जनउत्थान साकोसको बारेमा के भन्न चाहनुहुन्छ ?
काभे्रपलाञ्चोक जिल्लामा दर्ता भएका लगभग १५०० सहकारीहरु मध्ये न्युन आय भएका विभिन्न कर्मथलो बनाई श्रम गर्नुहुने श्रमिकहरुको हितलाई मध्यनजर गरी २०६६ साल बैशाख २९ गतेका दिन दर्ता नं. १३१३÷०६६ भएको सहकारी अभियानको एउटा फरक पृष्ठभुमि बोकेको सहकारी हो भन्न चाहन्छु ।

० अहिले सहकारीमा देखिएका समस्याहरुलाई कसरी लिनुभएको छ ?
अठारौं सताब्दीमा बेलायतबाट सुरु भएको सहकारी मुल्य, मान्यता, सिद्धान्त नेपालमा अर्थात हाम्रो देशमा २० औं सताब्दी एवंं २०१३ सालमा चितवनमा बखान सहकारीको नामबाट संचालनमा आएको इतिहास पढ्न बुझ्न सकिन्छ । देशमा भएको राजनितिक ब्यबस्था, आन्दोलन विभिन्न प्रकारको नितिनियम कानुनले सिमितमा रहेको देखिन्छ र २०४७ सालको संबिधान पश्चात केहि खुल्ला भई २०५०÷५१ बाट सहकारीहरु फैलिन थालेको र २०६२÷६३ को आन्दोलन र अन्तरिम संबिधान २०६३ पछि पुर्ण रुपमा खुल्ला भएको हुँदा हजारौं सहकारी संस्थाहरु स्थापना हुन सफल भएको देखिन्छ । राज्यले दर्ता सहज हुने ब्यबस्था गरीदिएपछि संस्थाहरु बढ्दै गयो तर नियमन नहुँदा सहकारी मुल्य मान्यताहरु कुचल्दै जनताको पैसा जम्मा गर्ने अनि आफु खुशि प्रयोग गर्ने क्रम निरन्तर चलेको देखिन्छ यति सम्मको एउटै परिवारको अध्यक्ष देखि प्रबन्धक सम्म राख्ने कम्पनी झै आदेशमा काम गर्नुपर्ने यसको अन्तिम रुप आजको समस्या हो भन्ने लाग्छ, यसको समाधानको प्रयास कुनै समुह सहकारीले माग गरेर समाधान नहुने सम्मको अवस्थामा पुगेको छ, किन कि अध्यक्ष बनेको व्यक्तिले बिना आधारमा शक्तिको भरमा २० औं लाख पैसा चलाउने समयमा ब्याज किस्ता नबुझाउने अनि सहकारीबाट बाहिरिने र चोखो बन्ने प्रबृतिहरु पनि देखिन्छ, यसलाई सहि ठाउँमा ल्याउन नसक्दा सम्म यो समस्या यथावत रहन्छ जस्तो लाग्छ । सबै सदस्यहरुको नियमित अनुगमन, ऋण असुलीमा सपोर्ट गर्नु नै अहिलेको उत्तम विकल्प भएको अनुरोध गर्न चाहन्छु ।

० सहकारीमा युवा पुस्ताको रुची कसरी बढाउन सकिन्छ होला ?
आजको सामाजिक अवस्था अनुसार यहाँ उठाउनु भएको जिज्ञासा निकै महत्वपुर्ण छ । सहकारी क्षेत्रमा मात्र हैन हरेक क्षेत्रमा युवाहरुको रुचीलाई बढाउन पर्ने देखिन्छ त्यस मध्ये झन सहकारी क्षेत्र जुन पुँजी निर्माणको पहिलो र महत्वपुर्ण खुड्किलो हो यसलाई युवा पुस्तामा विश्वास दिलाउन विद्यालय तहबाट नै शिक्षामा जोडेर ब्यबहारिक ज्ञान दिनुपर्ने देखिन्छ । यो संगै स्थानिय तह देखि संघिय सरकार सम्मले निति कार्यक्रम बनाउदा सहकारी क्षेत्रबाट जम्मा भएको कर बाट यहि क्षेत्रमा लगानी गरी जनताको आधारभुत समस्यामा मलमपट्टी लगाउने कार्यमा हातेमालो गर्ने शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा पाउने सुबिधा राज्यले सहकारी मार्फत लागु गर्न सक्दा नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित र रुची बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

० बनेपा नगरपालिकाले एक सुचना जारी गरी ऋणीहरुलाई ऋण तिर्नुहोस नत्र कार्वाही गछौं भनेको छ । यसलाई कसरी लिनुभएको छ ?
नेपालको संबिधान २०७२ अनुसार सहकारीलाई साझा र एकल अधिकारको सुचिमा समाबेश गरीएको छ, जसमा स्थानिय सरकारको भुमिका निकै महत्वपुर्ण रहेको हुन्छ, जसमध्ये जुन निर्णय नगरपालिका सरकारले गरेको छ यसप्रति म मुक्त कन्ठले प्रशंसा गरी धन्यवाद दिन चाहन्छु । यो संगै नगरपालिकालाई वित्तिय साक्षरता अनिवार्य हुने गरी निती निर्माण गर्नुभएमा आर्थिक बिकास र अनुशासनमा थप टेवा पुग्ने विश्वास दिलाउन चाहन्छु र बनेपा नगरपालिकाले झै सबै पालिका वडाहरुले समेत अनिवार्य यो प्रक्रियालाई कार्यान्वयन गर्नुपर्दछ भन्न चाहन्छु । साथै आÇनो परिचय आफैमा दिने हो समाजमा जुन समस्या समाधान गर्न भनि आफैले स्वघोषणा गरी लानुभएको कर्जा समयमा बुझाइदिनु हुन अनुरोध गर्न चाहन्छु तपाई एक जनाले ऋण नबुझाउदा १० जनाको बचत फिर्ता नपाउँदा परिवार भोकमरी, औषधी उपचार अभाव सहकारीमा तालाबन्दी जस्ता समस्याहरु आइरहेका छन यो अभियान बनाउन पहिलो भुमिका यतिखेर सहकारीहरुबाट कर्जा लाने सदस्यहरुको काँधमा रहेको छ, कानुनी बाटोमा गई राज्यको प्रक्रियामा लानुपर्ने जानुपर्ने अवस्थाबाट पहिल्यै सचेत बनिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छु ।

० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमि छ यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
अति नै महत्वपुर्ण प्रश्न उठान गर्नुभयो नेपालको आजको परिवेशमा यो अतिनै महत्वपुर्ण विषय हुन हाम्रो देशको अर्थतन्त्रलाई हेर्दा राज्यको परिभाषा अनुसार ३ खम्बेको रुपमा व्याख्या गरिन्छ । योगदानमा हेर्दा यहि देखिन्छ, समान अवस्थामै देखिन्छ तर राज्यले हेर्ने दृष्टिकोण भने अलि एकाङकी भएको अनुभुति हुने गर्दछ, सहकारीको पैसा राज्यलाई स्वीकार हुने तर राज्यको कार्यक्रम सहकारीलाई नचल्ने जस्तो देखिन्छ जस्तै हरेक नागरिकको समस्यामा सहकारीको भुमिका महत्वपुर्ण हुन्छ तर यहि नागरिकलाई सुरक्षा कार्यक्रममा सहकारीको भुमिका गौण मानिन्छ, यसो भएको हुँदा राज्यको सबै तह, सहकारी अभियन्ता सबैलाई आग्रह गर्न चाहन्छु अब सहकारी लहैलहैमा चल्दैन, एक पटक आधार बनाएर अगाडी बढाउन सबैले कठोर निर्णय लिनुपर्ने छ र नागरिकलाई विश्वास दिलाउन, गलत गर्नेहरुलाई सजाय, राम्रो गर्न प्रयत्न गर्नुहुनेहरुलाई सहायता गरी नागरिकहरुको सेवामा हातेमालो गरी कमाएर धनि हुन सकिदैन बचाएर मात्र धनि भइन्छ भन्ने मुल मन्त्र सबै नागरिकहरुमा बुझाउनु सरकार, सहकारी सबैको कर्तव्य हो भन्ने महसुस गरेको छु । सहकारी क्षेत्रलाई जनताले विश्वास गर्न लाएक बनाउने जिम्मा नियामक निकायले कानुनी तरीकाहरु मार्फत ऋण लगेर नतिर्ने र सहकारीको रकम अपचलन गर्नेहरुलाई कडा कार्वाही हुने ब्यवस्था सहित यो प्रकृया स्थापित गर्न सल्लाह दिन चाहन्छु ।

० सहकारीले सोझा सिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउँछन भन्ने आरोप लाग्ने गर्छ यसमा के भन्नुहुन्छ ?
यो खालको समस्याहरु बेला बेला देखा पर्ने गरेका छन विभिन्न रुपमा मेरो बुझाइमा र भोगाइमा यो खालको समस्या प्राकृतिक रुपमा खासै देखिदैन, कृतिममा बढि देखिने गरेको अनुभुति गरेको छु, जस्तो एउटा समाजको यताउति गर्ने ब्यक्तिले एउटा अलि सिधा ब्यक्तिलाई म किस्ता तिरिदिन्छु कर्जा माग तिमिलाई विश्वास गर्छ भनि फकाउने, अझ थप पैसाको आशा देखाई कर्जा निकाल्ने अनि चलाउने, महिना पुगेर किस्ता तिर्ने समय आएपछि विभिन्न बाहाना बनाउने, न साँवा न ब्याज न पैसा हुने यसको परिणाम अन्तमा घरवार बिहिन हुनुपर्ने अवस्थामा पु¥याएको पनि देखिन्छ र अर्को भनेको सामाजिक, राजनैतिक, नेतृत्वको ब्यक्तित्वहरु विभिन्न कृतिम समस्या अनि कार्यक्रम बनाई कर्जा लानुहुने नियमित ब्याज किस्ता नबुझाउने समय बित्दै गएपछि हिसाब धेरै हुदै जाने यसपछि धम्की दिने, तिर्छु अहिले भएन भन्ने यसरी २÷४ वर्ष हुने, लगेको कर्जा डबलको अबस्थामा पुग्ने यसपछि साँवामात्र तिर्छु ब्याज छुट गर्नुप¥र्यो भन्दै आउने, नियम अनुसार नमान्दा अरु ऋणीहरुलाई देखाएर भ्रम छर्दै हिडेको पनि देखिन्छ यसकारण घटनाक्रमहरु यथार्थ नबुझी एउटा ब्यक्ति वा संस्था प्रति मन नपर्दैमा समाचारहरु बनाउने जस्तो केहि घटनाहरुले पनि नकारात्मक सन्देश प्रभाव भइरहेको छ, यो समस्याबाट मुक्त हुन सबैले कानुनी ब्यवस्थामा चल्नुपर्छ भन्ने मेरो बुझाई रहेको छ ।

० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्लाएर भागिरहेका छन नी ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुदैन ?
सिधै यो तहको प्रश्न गर्नु त अलि राम्रो नहोला कि सर किनकी सबैलाई यसरी एउटै नजरबाट एउटै भाँडोमा राखेर नबुझ्दीनु हुन सबैलाई आग्रह गर्दछु किनकी सहकारीहरुले नै आज देशको अर्थतन्त्र र हाम्रो सामाजिक जिवनमा आर्थिक गतिविधिमा ठुलो भुमिका निभाएको छ, यति सम्मकी १,२ रुपैया देखि १०,२० रुपैया सम्मको खुत्रुके सम्म किन्न नसक्ने नागरिकहरुलाई सदस्य बनाई रकम जम्मा गर्न सिकाई १०,२० हजार लगानी गरीदिइ सिप अनुसारको पेशामा जोडाई आज सफल ब्यवसायीहरु बनाउने सम्मको कामहरु गरेको धेरै उदाहरणहरु छन तर एउटा कुनै ब्यक्तिले वा संस्थाले कुनै कम्जोरी ग¥यो भन्दैमा यो महत्वपुर्ण भुमिकाहरुलाई बिर्सिन मिल्दैन भन्न चाहन्छु यो संगै सहकारीका सदस्यज्यूहरुले पनि आफुले कारोबार गरेका संस्थाका संचालक, कर्मचारीहरुको दैनिक गतिविधिमा अलि ध्यान दिनुपर्ने हुन्छ र निति विधिमा चल्ने चलाउने प्रयत्नमा छन कि छैनन्, पारदर्शिता कस्तो छ निगरानी गर्ने र सदस्य सबैले कर्जा छ भने नियमित किस्ता ब्याज बुझाउने, नियमित बचत हरेक महिना जम्मा गर्ने गर्नुभयो भने यो खालको समस्या अन्त्य हुन्छ भन्ने मेरो विश्वास रहेको छ । यसको दायित्व सहकारी कर्मी, नियामक निकाय संघ लगायत सबै सदस्यज्यूहरुको महत्वपुर्ण रहेको हुन्छ ।

 

० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहि राम्रो बुझ्ने चलन छ नि ?
यसरी बुझ्नु पनि सहि हो भन्न सकिदैन सहकारी नियामक निकाय देखी संघ सबैले यसलाई आधार मान्ने चलन रहेको छ । यसले गर्दा कतिपय सहकारीहरु बन्दभएका घटनाहरु पनि छन । नाफामा हुनुपर्छ भन्ने मान्यता गलत हैन तर संधै एउटै दृष्टिकोणबाट हेर्नु राम्रो हैन जस्तो लाग्छ । सहकारीले के कार्यक्रम गरेर वा कुन योजनामा लगानी गरेको कारण हो भने बिरुवा रोप्ने बित्तिकै फल लागेन भनेर ओखलेर फालेझै हुन्छनी हैन र यसकारण सहकारीले सामाजिक आर्थिक भुमिका सहितको नाफा हेरियो भने सबैको लागि राम्रो हुन्छ भन्ने बुझाई छ ।

० अन्तमा के भन्न चाहनुहुन्छ ?
अन्तमा यो समय र मेरो बुझाईहरु मिडियामा राख्ने अवसर दिनुभएकोमा तपाई र तपाई आवद्ध मिडियालाई धन्यवाद दिन चाहन्छु र यसरी नै यो अभियानलाई निरन्तर उठान गरी भुमिका निभाउन सक्षम हुनुहोस शुभकामना भन्न चाहन्छु साथै अबको सहकारी अभियानलाई ब्यवस्थित र मर्यादित हुन सबै पक्षको भुमिका महत्वपुर्ण रहेको हँुदा सबैलाई हातेमालो गरी अघि बढ्न सरोकार पक्षहरुलाई अनुरोध गर्दै बिदा हुन्छु धन्यबाद । जय सहकारी !

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….