बनेपा – नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले एक पछि अर्को गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । केही दिन अगाडि सम्पन्न तिज फोटो प्रतियोगिता गित गरेको थियो भने अहिले बडा दशै र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान प्रतियोगिता गरिरहेको छ ।

केही दिन अगाडि बाट संचालन भएको शुभकामना प्रतियोगिता दबिएको, पिल्सिएको अनि हेपिएको तपाईंको आवाजलाई समाजमा व्याप्त, बेथिति, विकृती, बिसंगतिको विरुद्ध बोल्न सक्नुहोस भन्ने उदेश्य आयोजना गरिएको नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलले जानकारी दिनु भयो ।

थप जानकारीको लागि शाखाले बनाएका नियमहरु
आउँदो २०८० सालको बिजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा द्वारा अनलाइन फेसबुक पेज बाट शुभकामना आदानप्रदान प्रतियोगिता हुने लागिरहेको हो । दबिएको,पिल्सिएको अनि हेपिएको तपाईंको आवाजलाई समाजमा व्याप्त, बेथिति ,विकृती ,बिसंगतिको विरुद्ध तपाईंको  भुमिका र आवाज ले भ्रस्टचारको अन्त्य हुन सक्छ । त्यस कारणले भाषण कला आवस्यक पर्दछ । भाषण कलाको पहिलो खुड्किला परिचय हो । त्यस कारणले नै यो प्रतियोगिताको आयोजना गरेका हौ । हर्ष उल्लास , सकारात्मक सोच, सन्देश मुलक भिडियो ले देखासिकी अन्त्य होस गक्ष्य अनुसारको पर्ब मनाइयोस सुभकामना !
#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु : (१)पिक्निक कार्यक्रम गरेर पुरस्कार वितरण गरिने हुँदा प्रतियोगितामा सहभागिता जनाउनको लागि  रु १००० शुल्क लाग्ने छ । पैसा नहुने लाई निशुल्क सहभागिता जनाउन सक्नु हुने छ ।

(२)सहभागि हुनको लागी पेज like गर्नुपर्ने साथै आफ्नो परिचय खुलायर बिजया दशमी तथा शुभ दिपावली २०८० को शुभकामना सन्देश भिडियोमा पठाउनु पर्नेछ ।

(३)भिडियो २ मिनेट भित्रको हुनुपर्नेछ ।

(४)भिडियो तयार गर्दा निधारमा रातो टीका भय उत्कृष्ट भिडियो हुनेछ  ।
(५)तयार पारियको उक्त भिडियो WhatsApp नम्बर 9843574039 मा पुरा नाम थर ठेगाना खुलाइ पठाउनु पर्नेछ।

(६)फोटोमा  like , Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

(७)सबै भन्दा धेरै Like आउने ६ जना लाई सहभागी प्रतियोगितहरु बाट भोट हाल्न लगाइने छ । र उत्कृष्ट भोट ल्याउने ३ जना बिजेता घोषणा गरिने छ ।

(८)कार्यक्रममा सहभागिता जनाउने प्रतियोगिले मात्रै भोट हाल्न पाउने छन् ।

(९)प्रतियोगितामा जुन सुकै उमेरका मानिसहरुले भाग लिन सकिनेछ।

(१०)भिडियो यहीँ असोज २७ गते दिउसो  १ बजे सम्म भिडियो पठाउन सक्नु हुनेछ ।

(११)बिजेता घोषणा र पुरस्कार वितरण यहीँ असोज २८ गते हुनेछ ।

(१२)प्रथम लाई १५ हजार नगदको साथै प्रमाणपत्र,  दोश्रो लाई १० हजार नगद सहित प्रमाणपत्र  र तेश्रो बिजेता लाई ५ नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

(१३)पुरस्कार वितरण कार्यक्रममा गोलाप्रथा र अन्य खेल खेलाइ आकर्षक पुरस्कारहरु वितरण गरिने छ ।

(१४)कार्यक्रममा सहभागिताहरु सबैले आफ्नो आकर्षक फोटो प्रमाणपत्रको लागि भिडियो सहित पठाउनु पर्ने छ ।

(१५)माथीका नियम अनुसार नभए प्रतियोगितामा भिडियो पोस्ट हुने छैन । बुस्ट गरिएको लाइक मान्य हुने छैन धन्यवाद ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….