काठमाडौंको ओमबहाल बसन्तपुरमा सुविधा सम्पन्न होटल ईडेन रेष्टुरेन्ट एण्ड स्पा संचालनमा आएको छ। काठमाडौंको मुटु न्युरोड बसन्तपुरमा पर्यटकीय गन्तव्य न्युरोड, ठमेल असन संगै अतिथिहरुलाई पायक पर्ने र मनोरंजन प्राप्त हुने, घुमघाम गर्न सहज र पर्यटकीय हिसाबले महत्वपुर्ण स्थानमा सेवा दिने भन्दै उक्त होटेल सन्चालनमा ल्याइएको हो I

त्यसैगरी संचालक दिल बहादुर बुढाका अनुसार होटलमा बस्नको लागि १६ वटा सुविधा सम्पन्न कोठा खानाको लागि राम्रो सिटि भ्यु सहितको रेष्टुरेन्ट एण्ड बार र स्पा सहितको होटल संचालनमा आएको हो भने एयरपोर्ट पिकअप र ड्रपअफको सुबिधा समेत रहेको बताएका छन्।

लामो समय देखि विदेशमा संसारभर नाम चलेका ५ स्टार होटलमा काम गरेको आफ्नो अनुभबलाइ स्वदेशमानै लगानी गरि मुलुकको अर्थतन्त्रलाइ मजबुत पुर्याउने उदेश्यले खोलिएको होटलमा पाउनाहरुलाइ अतिथि सत्कारमा बिसेष प्राथमिकता दिने संचालक दिल बुढा बताउछन।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul