काभ्रेपलान्चोक – आज बिहिवारको दिन नेपाल सितोरियो कराँते डोजो संघले श्री पार्वती माध्यामिक विद्यालय, बेथानचोक गाउँपालिका वडा नं. २ ढुङखर्कमा जुनियर खेलाडी बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको छ ।

२४ जना जुनियर खेलाडीहरुको ग्रेडिङ (बेल्ट टेस्ट ) कार्यक्रम सम्पन्न गरेको हो। पुष्पाञ्जली डोजो बेथानचोकको अध्यक्ष एवम् प्रशिक्षक देवचन्द्र वाईवाको सभापतित्वमा, बेथानचोक गाउँपालिकाको उपाध्यक्ष तारा राणा तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


विशिष्ट अतिथिहरुमा मानविर वाईवा अध्यक्ष जि. खे. वि.स. काभ्रे, प्रताप वैद्य अध्यक्ष नेपाल कराँते महासंघ, काभ्रे अतिथिहरुमा बिजय सुन्दर सैजु प्रशिक्षक रा.खे.प., काभ्रे दिनेश श्रेष्ठ उपाध्यक्ष नेपाल कराँते महासंघ, काभ्रे, नवराज मानन्धर अध्यक्ष नेपाल खेलकुद महासंघ, काभ्रे उपाध्यक्ष तथा प्रशिक्षक ,नेपाल सितोरियो कराँते संघ, काभ्रे, तेज नारायण पसछे उपाध्यक्ष नेपाल कराँते महासंघ, काभ्रे, श्याम सुन्दर कुवँर महासचिव नेपाल कराँते महासंघ, काभ्रे, गौतम मानन्धर महासचिव नेपाल सितोरियो कराँते संघ, काभ्रे, कबिर कुमार रेजितकार सचिव नेपाल सितोरियो कराँते संघ, काभ्रे, दिपक पण्डित सदस्य नेपाल कराँते महासंघ, काभ्रे, राजन सापकोटा सदस्य नेपाल सितोरियो कराँते संघ, काभ्रे, ईशा श्रेष्ठ सदश्य नेपाल सितोरियो कराँते संघ लगायतको व्यक्तित्वहरु उपस्थित रहेको थिए।

 

खेलाडीहरुलाई खेल सामाग्री वितरण अध्यक्ष प्रताप वैध तथा महासंघ र संघका पदाधिकारीहरुबाट गरिएको थियो । २४ जना जुनियर खेलाडीहरुको बेल्ट टेस्ट कार्यक्रममा सन्जली मोक्तान प्रथम, सौगात तिमल्सिना दोश्रो , सुस्मिता सिङ्गताङ तेश्रो भएको थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….