यही मिति २०८० कार्तिक २७ गतेका दिन पनौती ७ स्थित लायकु डबलीमा पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा रहत सहयोग र विस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न भन्ने मूल नाराका साथ सुस्तरी मोटरासाइकल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गयो । पनौती नगरका नगरप्रमुख श्री रामशरण भण्डारीबाट समुद्घाटन भएको कार्यक्रममा २७ जना प्रतिशर्धी रहेको थियो । द्रुत गतिबाट हुने दुर्घटनाकोबारेमा जनचेतना जगाउन र प्रतिश्प्रधिबाट उठेको रकम पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा रहत सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुले जानकारी दिनुभयो । पनौती पर्यटन विकास केन्दका अध्यक्ष पुरुषेत्तम कर्माचायले नविनतम कार्यक्रमले नव युवाहरुले आफ्नु यात्रामा हतार नगरी यात्रा गर्न अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा बुद्धिराम नापित प्रथम, सिजन सुधाकार दितिय र हरिसुन्दर भुजु तृतिय भएका थिए । यस कार्यक्रमको पुरस्कारको व्यवस्था पनौती पर्यटन विकास केन्द्रले सौजन्य गरेको थियो । यस कार्यक्रमको संयोजक जेसी सिजन सुधाकारले पनौती जेसीजले सन २०१० देखि पनौतीमा सुरु गरि ट्राफिक जनचेतना जगाउने उद्देश्यले आयोजना भएको र सहभागी र सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भयो ।
तिहार, नेपाल सम्वत ११४४ र छठ पर्वको शुभ अवसरमा यही मिति २०८० कार्तिक २७ गतेका दिन पनौती ७ स्थित लायकु डबलीमा सम्मान तथा सास्कृतिक कार्यक्रम पनौती न.पा. वडा नं ७ का आयोजना गरियो ।
सो अवसरमा पनौती न.पा. वडा नं ७ का जेष्ठ नागरिक १०४ वर्षका सुमित्रा देउला र ९४ वर्षका रामलाल कर्माचार्यलाई सम्मान गरी उहाहरुको सुस्वास्थ र दिर्घायुको कामना गरियो ।
पनौतीका स्थानीय कलाकारबाट विभिन्न नाच र गायकबाट गित प्रस्तुत गरि सास्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो ।