धुलिखेल/मदानी बिट मिडिया प्रालीद्वारा संचालित ‘हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ भन्ने नारा सहित राष्ट्रिय स्तरको संचारमाध्यम मदानी विट डटकम शुभारम्भ गरिएको छ ।
पुर्व सूचना तथा संचारमन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाले मदानी बिट डटकमको शुभारम्भ गरेका हुन् । हिमालय दृश्यमा आयोजित विशेष कार्यक्रममा बास्कोटाले दिप प्रज्वलन सहित मदानी बिट डटकमको शुभारम्भ गरेका हुन् । सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्ने जमर्को सहित शुभारम्भ गरिएको अनलाईन पोर्टलले समाजका हरेक आयामहरुलाई मथेलेर सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने बताएको छ ।
राज्यले लिएको नीति अनुरुप समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण मार्फत समग्र मुुलुुकको अर्थतन्त्रको विकासका लागि यसले पहलकदमी गर्ने प्रधान सम्पादक मोतिराम तिमल्सिनाले बताए । ‘संचारमाध्यमहरुको भिडमा यो एउटा संख्या मात्रै थप्ने गरी जन्मिएको छैन’–प्रधानसम्पादक तिमल्सिनाले भने–‘ब्यवसायीक पत्रकारहरुको समुहद्वारा ब्यवसायीक रुपमा निरन्तर हरेक प्रहरमा गाउँ बस्ति देखि राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा हुने विविध घटना, परिघटनालाई तत्कालै नागरिकहरु समक्ष पु¥याउने शशक्त संचारमाध्यमका रुपमा चिनाउने छौं ।’ विश्वसनियता यसको पहिलो शर्त रहेको सम्पादक श्याम सापकोटाले बताए ।
अनलाईनका सम्पादक श्याम सापकोटाको अध्यक्षतामा आयोजित कार्य प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका सदस्यहरु, पुर्व राज्यमन्त्रीहरु, प्रदेश सभाका पुर्व मन्त्रीहरु, संविधान सभा सदस्यहरु, विभिन्न तहका निर्वाचित जनप्रतिनिधिहरु, उद्योगी ब्यवसायी, सामाजिक ब्यक्तित्वहरु, सहकारीकर्मी, शिक्षासेवी, यातायात ब्यवसायी लगायतको सहभागिता रहेको छ । राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, मनोरञ्जन, खेलकुुद लगायतका सबै विषय बस्तुहरुमा समाचार, लेख, रचना, अन्तरवार्ता, विचारलाई दु्रुस्त र पाठकहरुको सहज पहुँच मार्फत उक्त अनलाईन पोर्टले समाचार सम्पादन गर्नेछ । गाउँ बस्ति, कुना कन्दाराका समाचार, भुई मान्छेका कथा र विचार, नलेखिएका नखोजिएकाहरुको आवाज, सफलता र असफलताका कथा, कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, देश, समाज र विश्व परिबेशका घटना परिघटनाहरु पाठकहरु समक्ष प्रस्तुुत गर्ने जमर्काे गरेका छौँ । मदानी बिटले ब्रेकिङ्ग न्युज, गहन लेख, विज्ञका विचार, खोजमुुलक समाचार र विकास पत्रकारीतालाई समेत स्थान दिनेछ ।