पनौती जेसीजको आयोजना र यश्वशी युवा समाज तथा SRHRxMenstrual Hub को प्राविधिक सहयोगमा पनौती नगरपालिका वडा नंं ७ स्थित पनौती जेसीजको सभाकक्षमा एक दिने महिनाबारी सुरक्षा र पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न भयो ।

पनौती जुनियर जेसीजका उत्कृष्टा श्रेष्टले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गित सामुहिक रुपमा गाए पछि पनौती जेसीजका उपाध्यक्ष जेसी इन्दिरा नापितले जेसीज आस्थापाठ गर्नुभयो भने कार्यकारी उपाध्यक्ष जेसी स्यामहरी महाजुले स्वागत मन्तव्य र कार्यक्रम माथि प्रकाश पार्नु भयो । पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीबाट पानसमा दियो बालेर समुद्घाटन गरेको कार्यक्रममा पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुको सभापतीत्वमा कार्यक्रम सुभारम्भ गरियो ।

कार्यक्रममा यशश्वी युवा समाजका अध्यक्ष राजुु सवाल, SRHRxMenstrual Hub co-founder प्रशिक्षक सरिता दुवाल, पनौती नगरपालिका वडा नंं १० का वडा सदस्य सरीता नेपाल, पनौती जेसीजका पूर्व अध्यक्ष राजाराम कर्माचार्यको आतित्थयतामा सम्पन्न भयो ।

नगरप्रमुख रामशरण भण्डारीले वातावरणमैत्री स्यानीटर प्याडको शिकाइ आफुले सिकेर समाजमा रहेका दिदि बहिनीहरुलाई सिकाउन आवश्यक रहेको र पनौती जेसीजबाट समाजको लागि गरिने यस्ता सर्हनीयको काममा सदा सहयोग गर्ने बताउनुभयो ।
पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुले पनौती नगरका १२ वटै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रदान गरिएको यस तालिमले आगामी दिनहरुमा प्रत्येक वडाले आफ्नु वडामा यस्ता तालिम दिई वातावरण संरक्षण र महिला दिदि बहिनीहरुको स्वास्थ्य राम्रो हुने र अनावश्यक खर्च घट्न गइ आर्थिक अवस्था राम्रो हुने कुरामा जोड दिनुभयो ।

यशश्वी युवा समाजका अध्यक्ष राजु सुवालले पनौती क्षेत्रमा विभिन्न समाजिक काम गर्न पाउदा खुसि भएको र आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्ने वचन दिनुभयो ।

SRHRxMenstrual Hub co-founder प्रशिक्षक सरिता दुवालले महिनावरी स्वास्थ्य एकदमै महत्वपूर्ण रहेकोले सम्पूण दिदि बहिनीहरुले यसमा ख्याल गर्न अनुरोध गर्नु भयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….