रोशी । जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा अवस्थित इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार रोशी गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदको वेलामा प्रहरीले महत्वपूणर् योगदान हुने बताए । विपदमा प्रहरीकै सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरू मिलेर नागरिकको सेवामा खटेको भन्दै प्रहरीविना जनप्रतिनिधि र कर्मचारीले मात्र नागरिकको सुरक्षा दिन नसक्ने लामाले बताए ।

नागरिकको सुरक्षामा खटिने प्रहरीका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष लामाले प्रतिवद्धता व.व्यक्त गरे । संवेदनशील स्थानहरूमा सिसिटिभी जडान भएको र अन्य स्थानमा पनि क्रमशः थप्दै जाने उनको भनाई छ । नेपाल टेलिकमको नेटर्व २४सै घण्टा नहुने समस्याको समाधानका लागि गाउँपालिकाको टिम सम्बन्धीत निकायसँग छलफल गरीरहेको र छिटै समाधान गर्ने प्रतिबद्धता पाएको उनले बताए ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिकमा गरेको क्रियाकलापहरूको बारेमा जानकारी गरेका थिए । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक पञ्चलाल गोलेले पहिलो चौमासिकमा ६६ वटा सवारी दुर्घटना भएको जानकारी दिए । सो दुर्घटनामा ४६ जना पुरुष र ११ जना महिला घाईते भएको उनले जानकारी दिए ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै २ जनालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्धा परेको, १ जनाले झुण्डी आत्म हत्या गरेको, १ वटा आगोागिको घटना भएको, ३ जना चोरी मुद्धा परेको, ३ वटा झगडा भएको, २ वटा चारीको मोटरसाईकल नियन्त्रणमा लिएको, जनचेतनामूलक कार्यक्रम २८ वटा गरेको र ८ वटा सिसिटिभी जडान गरेको उनले बताए ।
एनटिसीको नेटवर्क राम्रो नहुदा समाजमा घटेको घटनाको सूचनामा ढिलाई प्रहरी निरिक्षक लामाले बताए ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा, वडाध्यक्षहरू गाउँपालिकाका शाखाप्रमुखहरू सञ्चाकर्मीहरू र स्थानीयहरूको उपस्थिती रहेका थिए

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….