रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले हरेक ४ महिनामा गाउँपालिकाद्वारा सम्पन्न गरेको कामहरू र गतिविधिहरू समिक्षा गर्दै आएका छन् । गाउँपालिकाले सोमबार चौमासिक समिक्षा सम्पन्न गरेको छ ।
चौमासिक समिक्षा कार्यक्रममा वडा नं. १ देखि वडा नं. १२ सम्मका सबै वडाका सचिवहरूले समिक्षा प्रस्तुत गरेका थिए । चार महिनामा वडाले गरेको काम, आगामी दिनमा गर्ने काम, समस्या, चुनौती र सम्भावनाको बारेमा समिक्षा प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिकाको प्रत्येक शाखा प्रमुखहरूले पनि आफ्नो शाखाले गरेको काम, आगामी दिनमा गर्ने काम, समस्या, चुनौती र सम्भावनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले कती प्रगती भयो, कती प्रगती गर्न बाँकी छ र समस्या र चुनौती अनि सम्भावनालाई आकलन गरेर आगामी योजना तयार पार्नको लागि समिक्षा गर्दै आएको बताए । नागरिकलाई कसरी स्थानीय सरकारको अनुभूती गराउने सकिन्छ भन्ने कुराको मन्थन गर्नको लागि समिक्षा गरेको उनको भनाई छ । समिक्षाले रोशीका नागरिकलाई सहज सेवाप्रवाह गर्नको लागि मार्गनिर्देशन हुने उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले सेवाग्राहीलाई सहज सेवा दिने र केही कमजोरी भए सच्याएर अगाडी बढ्नको लागि समिक्षा कार्यक्रमको आयोजना गरेको बताए । समयमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समिक्षाले सहयोग गर्ने तामाङले बताए ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख पञ्चलाल गोले, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा, वडाध्यक्षहरू गाउँपालिकाका शाखाप्रमुखहरू सञ्चाकर्मीहरू र स्थानीयहरूको उपस्थिती रहेका थिए ।