काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा बौद्ध वृद्धा आश्रममा भएको एकदिने दन्त शिविरमा २० जना आश्रमका आमा बुबाहरुले सेवा लिएका थिए ।

आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्यक्ष नृपेश बादेले काभ्रे प्रेस लाई जानकारी दिए । जनताको समस्यामा घरघरमा गई भोलिका दिनमा अझै सेवा गर्ने छु बादेले बताए ।आगामी दिनहरुमा पनि यस्ता खाले शिबिरहरुलाई निरन्तरता दिएर अगाडी बढ्ने बादेले बताए ।

सामाजिक काममा पनि आफ्नो सहभागिता अगाडी बढाई आएको समाज डेन्टल बनेपाले विगतमा पनि धेरै ठाउँमा निशुल्क शिविर गदै आएको थियो । बनेपामा स्थापना भएको छोटो समयमा नै सेवाग्राहीको मन जित्न सफल समाज डेन्टल बनेपाले वडा नम्बर ९ मा निशुल्क दन्त शिबिर कार्यक्रमको प्राविधिमा सहयोग गरेको छ ।
निशुल्क दन्त शिविरमा धेरै दात तथा मुख सम्बन्धि समस्याको निशुल्क उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….