परासी/ रामनगर जेसीज बर्ष २०२४ को लागि नयाँ नेतृत्व चयन गरिएको छ । रामनगर जेसीजको पुस ७ गते शनिबार भएको १० औं शाखा अधिबेशनबाट देबु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको बर्ष २०२३ का निबर्तमान अध्यक्ष जेसी जयराम बस्यालज्युले जानकारी गराउनु भयो ।
दुई कार्यकारिणी उपाध्यक्षमा जेसी रमेश पराजुली र जेसी भरत प्रसाद न्यौपाने चयन हुनुभएको छ । यसैगरी चार उपाध्यक्ष पदमा जेसी दिनेश कंडेल, जेसी यमन भण्डारी, जेसी सुरुची क्षेत्रि र जेसी स्वस्तिका भण्डारी साथै सचिव पदमा जेसी कृष्ण पान्डेय र सह-कोषाध्यक्ष पदमा जेसी आर्यमान पान्डेय चयन हुनुभएको छ।
शाखाका पुर्व अध्यक्ष एवम् नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाई, पुर्व अध्यक्ष जेसी हिमा देवी न्यौपाने , निर्वाचन आयुक्त जेसी देवी कंडेल र मानार्थ सदस्य जेसी यमलाल पान्डेयज्युले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।