काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार चेतना केन्द्र बनेपा २६ औं साधारण सभा सम्पन्न भएको हो ।
२६ औं साधारण सभासभामा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि खतिवडाले सहकारी क्षेत्रमा देखिएको समस्यालाई सुद्धिकरण गर्ने समय आएको भन्दै उनले गल तगर्नेलाई कारवाही गरेर अभियानलाई निरन्तरता दिनुको विकल्प नभएको धारणा राखेका छन ।
जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य धुर्वराज विष्ट, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, संचालक सदस्य कृष्णप्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, सल्लाहकार रामहरी केसी, इन्द्रप्रसाद अधिकारी, तिर्थमाया प्रधान, प्रदिप थापा, नवराज बडाल, शम्भुलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
साधारण सभाकै अवसर पारेर अधिकतम बचत कारोवार, ऋण कारोवार गर्ने संस्थालाई सम्मान गरिएको छ ।उग्रचण्डी साकोस, अटल साकोस, बनेपा साकोस, शैलुङगेश्वर साकोसलाई सम्मान गरिएको हो । यस्तै अधिकतम शेयर खरिद गर्ने बेथानचोक नारी चेतना साकोस र अधिकतम बचत कारोवार गर्ने बनेपा नारी चेतना साकोसलाई सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट दुई जना व्यवस्थापकलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा पुरुषतर्फ मनकामना बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल र महिला तर्फ आयाम बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत सविना पन्त छन् । यस्तै कार्यालय सहयोगी पदमा कार्यरत अमृता नेपाल सापकोटा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएकी छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उदयराम कायस्थले सहकारी संस्थाको विकास, प्रवद्र्धन, तथा संवद्र्धन गर्दै बहस पैरवी गरी सहकारीको मुल्य, मान्यता, सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्ध संस्था निर्माणका लागि संघ क्रियाशिल रहेको बताए । विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीले समग्र अर्थतन्त्रमा प्रभाव पर्नुका साथै त्यसको ठुलो असर सहकारी संस्थाहरुमा देखा परेको बताएका छन् ।