काभ्रेपलान्चोक – नेपाल उत्पीडीत जातिय मुक्ति समाज वाग्मती प्रदेश कमिटिको दोस्रो पुर्न बैठक तथा सम्मान कार्यक्रम संगठनका अध्यक्ष नविन घतानीको सभा अध्यक्षतामा सम्पन्न भएको छ । ललीतपुर स्थित केन्द्रिय कार्यालय च्यासल संगै भुतपुर्व सैनिक हलमा २०८० पौस २४ र २५ गतेका दिन सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा संगठनका अध्यक्ष मनोहर पौडेल विश्वकर्मा र विशेष अतिथिका रुपमा नेकपा एमाले बाग्मती प्रदेश कमिटिका अध्यक्ष कैलाश प्रसाद ढुङ्‌गेल हुनुहुन्थ्यो ।

कार्यक्रममा संगठनका प्रदेश कमिटि अध्यक्ष नविन घतानीले मन्तव्यका क्रममा विश्व कम्यूनिष्ट आन्दोलनको पृष्ठ भुमि र दलित आन्दोलन‌ले आज सम्म गरेका संघर्ष र प्राप्त उपलब्धि सवैधानिक व्यवस्थाको निर्माणमा संगठनको जोडबल रहेको धारणा व्यक्त गर्नु भएको थियो । साथै संवैधानीक आयोग दलित आयोग वाहेक अन्य आयोगहरुमा यो समुदायको उपस्थिति हुन नसके निर्वाचन प्रणालीले भने प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको, आर्थिक जिवनस्तर उकास्नको निम्ति राष्ट्रिय योजना आयोग बाटै योजनाहरु तर्जुमा हुनुपर्ने, विभदेविरोधी शिक्षालाई प्राथमिक तहदेखी नै लागु गर्नु पर्ने सामाजीक अत्तरंधुलन जस्ता विषय वस्तुलाई संगठनले जोडवल दिनुपर्न सरकारका निति तथा कार्यक्रमहरुमा दलित उत्थान हुने कार्यक्रम समावेश गर्नुपर्ने संगठनको समस्यलाई पाटीले मध्यनजर गर्नुपर्ने जस्ता धारणा व्यक्त गर्नु भयो ।

यस कार्यक्रमलाई सफल पार्न पार्टी प्रदेश कमिटिका नवराज मिल्वाल र उपसचिव भक्तकुमारी लामाको उपस्थिति रहेकोे थियो । सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सचीव भक्तकुमारी लामाले आफ्नो धारण राख्नु भएको थियो । उता नवराज सिल्वालले नेपालको एकीकरण अभियान देखीनै यो समुदायको योगदान रहेको प्रष्ट पार्नु भयो । साथै संगठनलाई व्यवस्थित गर्नका निम्ति पार्टी प्रदेश कमिटि प्रतिवद्धता रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….