बागमती प्रदेश सरकारले सेवाग्राहीका लागि यातायात व्यवस्थापन सुचना प्रणाली( टिएमआइएस) अनलाइन प्रणाली सुरु गरेको छ।  आज काठमाडौकाे एकान्तकुना यातायात कार्यालयमा एक कार्यक्रम सहित  बागमती प्रदेशका श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उक्त अनलाइन प्रणाली सुरु गरेको हो।

बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनका सेवाग्राहीले  अनलाइन मार्फत राजस्व तिर्न सक्ने छन् । प्रमाणिकरणकाे लागि   कार्यालयमा एक महिना भित्र आफुलाई पायक पर्ने यातायात कार्यालयबाट प्रमाणीकरण गर्न सक्ने   पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।  सेवाग्राहीले  ई- सेवा , आइपिएस र खल्तीबाट राजस्व भुक्तानी गर्न सक्ने कार्यालयले जनाएको छ।
टिएमआइएस प्रणाली सुरु गरिएको कार्यक्रममा बाेल्दै मन्त्री लम्सालले अनलाइन सेवा प्रणाली सुरु भए पछि कार्यालयमा हुने भिडभाड ५० प्रतिशत कम हुने विश्वास व्यक्त गर्नु भएको छ। उहाँ का अनुसार घरैबाट अनलाइनमा भुक्तानी गर्दा कार्यालय जाने झन्झट नहुने साथै हर्जना बाट पनि बच्न सकिन्छ।

अनलाइनबाट भुक्तानी गर्नका लागि www.tmis.bagamati.gov.np लगइन गरि दिइएको निर्देशन अनुसार भुक्तानी गर्न सकिने छ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….