सानुकाजि थापा / तारकेश्वर नगरपालिका
काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा ७ फुटुङ माविको प्रागंणमा प्रथम बागमति प्रदेश स्तरीय ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतार-दाे एमएमए क्लबकाे आयाेजनमा प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८०सम्पन्न भयाे ।
कार्यक्रमकाे उद्घाटन काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ६ ख का प्रदेश सांसद अमन कुमार मास्केले गर्नुभयाे। कार्यक्रममा समाजसेवी वसन्त कुमार वस्नेत, समाजसेवी जगन्नाथ राजबाहक,समाजसेवी बबि कार्को राकेश राजवाहक लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा जगन्नाथ राजवाहक, वसन्त बस्नेत, खेल प्रशिक्षक साम्देन ब्लाेन तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियाे । प्रदेशका ८ आठ जिल्लाका विभिन्न उमेर ३० वटा क्याटाेगरिका खेलाडीहरूकाे उपस्थित रहेकाे थियो । प्रतियाेगितामा भाग लिने तथा विजयी खेलाडिहरूलाई पदक, मेडल, ट्रफी, प्रमाणपत्र वितरण गरिएकाे थियाे। सांसद मास्केले कार्यक्रम संयाेजक मनाेज राजबाहककाे खुलेर प्रसंसा गर्नुभयाे याे खेलले हाम्रो बागमती प्रदेश भित्रकाे काठमाडौं ६ ख काे तारकेश्वर नगरपालिकाकाे नाम उच्च राख्ने काम गरेकाे छ । मेराे तर्फबाट हरहमेसा सहयोग रहने कुरा बताउनुभयाे। कार्यक्रम संचालन श्यामसुन्दर के.सीले गर्नुभएको थियाे भने कार्यक्रम ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतारदाे एमएमए क्लव अध्यक्ष जयराम महतकाे सभापतित्वमा सम्पन्न भएको थियाे।