सन्तोष प्रसाद तिवारी

२९ माग काठमाडौं। जनयुद्धको अपमान हाेइन जनयुद्धको सम्मान गराैँ । व्यक्ति,पात्र र नेतृत्व बदल्न सकिएला तर जनयुद्धको ईतिहास र मानव परिवर्तनको क्रान्तिकारी विचारधारालाई बदल्न सकिंदैन, किनभने यो त निरन्तर चलिरहने प्रक्रिया हाे । विसं १९९३ बाट सुरू भएको क्रान्ति विं स.२००७ सालको प्रजातन्त्र पश्चात प्रथम चरणको एतिहासिक क्रान्ति सम्पन्न भयो। परिवर्तित समयको घटना क्रमअनुसारकाे नयाँनयाँ विचारधारा र परिवर्तनकाे मागहरु जन्मिँदै गए र नयाँ वा पुराना व्यवस्थामा धेरै चुनौती र विकल्पहरुको जन्म भयाे, वर्तमान समयमा अझ बढि परिवर्तन र रुपान्तरणकाे आवश्यक देखियाे । यही रुपान्तरण र परीवर्तनको लागि नै नेकपा माओवादीले पहिलो पल्ट विं.सं २०५२ साल फाल्गुन १ गते एकतन्त्रीय निरङ्कुश राजतन्त्र र सामन्ती प्रतिक्रियावादी राज्यसत्ता- लाई समाप्त पार्न’ नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटो राेज्याे । क्रान्तिबाटै नयाँ जनवादी सत्ता स्थापना गर्ने, नाराकासाथ जनयुद्धको घोषणा गर्दै एकैरातमा देशको तीन वटा जिल्ला गोर्खा ,राेल्पा र सिन्धुलीका प्रहरी चौकीमाथि सशस्त्र आक्रमण गरी जनयुद्धलाई विधिपूर्वक अभियानमा माओवादीले अगाडि बढायाे । जनवादी क्रान्तिले आफ्नो बाटाे पकडेपछि प्रतिक्रियावादी सरकार डगमगाउन थाल्यो र परिवर्तनका पक्षधर क्रान्तिकारी याेद्धाहरुलाई गाउँ गाउँमा प्रहरीलाई परिचालित गर्दै सिंगो राज्य सत्ता दमनमा उत्रियाे।
यता माओवादीले पनि २०५३ सालको असारमा दोश्रो चरणको फौजी योजना तयार गरी २०५५ सालमा सैन्य संरचनालाई मिलिसिया, स्क्वाड र प्लाटूनमा (ल्पाटिनम – VC र Pla– commander, बटालियन -VC र Bata- Commander, B ग्रेड- VC र BG- Commander, डिभिजन -VC र D-Commander) विभाजन गरिएको घोषणा गर्यो। जनमुक्ति सेनालाई अझबढी सशक्त र आधुनिकी बनाउन वि.स.२०५६ सालमा रोल्पामा लडाकु कमाण्डरहरुका लागि विशेष तालिम दिँदै पार्टीको सैन्य हेड्क्वाटर स्थापना गर्यो र २०५७ सालमा माओबादीले चिनियाँ मोडालीटिको छापामार लडाकु र रुसी मोडालिटिको सहरी (urban) सशस्त्र कार्वाही- सहितको ‘प्रचण्डपथ’ पारित ग-यो । माओवादीले सैद्धान्तिक, वैचारिक,संगठनात्मक र सैने संरचनात्मक तवरले अगाडि बढ्दै गएकाेमा त्यतिखेरकाे प्रतिक्रियावादी राज्य सत्ता डगमगाउन थाल्यो र वि.स.२०५८ साल साउन १२ गते सरकारसँग बार्ता गर्न माओवादी नेता कृष्णबहादुर महराको नेतृत्वमा तीन सदस्सिय वार्ता टोली कीर्तिपुरमा सार्वजनिक भयो।
१४ गते पहिलो चरणको वार्ता गोदावरीमा, २८-२८ गते दोस्रो चरणको बार्ता बर्दियाको ठाकुरद्वारमा, साउन ३१ गते विभिन्न राजनैतिक दल र माओवादीबीच भारतको सिलगुडीमा, कार्तिक २८ गते तेस्रो चरणको बार्ता पुनः गोदावरीमा भयो। तर वार्ता निश्कर्षविहीन भयो। मंसिर ६ गते अध्यक्ष प्रचण्डद्वारा “पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द’ गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह गर्दै,वार्ता निश्कर्षविहीन भएकाे घाेषणा गरे । लगत्तै २०५८ भदौमा रोल्पामा भएको लडाकुहरुको पहिलो सम्मेलनद्वारा जनमुक्ति सेना, नेपाल नामाकरण गरी त्यसको सर्वोच्च कमाण्डर अध्यक्ष प्रचण्ड रहेको जानकारी गराइयो। प्रहरीसँग मात्रै भिड्दै आए‌को माओवादीले दाङको घोराहीस्थित सैन्य व्यारेक र स्याङ्जाको सदरमुकाम पुतलीबजार माथिको आक्रमणमा पहिलो पल्ट २०५८ साल मंसिर ८ गते आक्रमण गरी मंसिर १० गते पूर्वमा जनसेनाद्वारा सोनु सदरमुकाम सल्लेरी कब्जा गर्यो। सैनिक व्यारेकमाथीको आक्रमण भएर हुनसक्छ, देउवा सरकारले माओवादी विरुद्ध सोही महिनाको ११ गते देशभर संकटकाल लागुगरी औपचारिक रुपमा सेना परिचालन गर्यो । देशभर माओवादी माथि गिरफ्तारी, धरपकड र हत्या गर्न थालियो । फलस्वरुप फागुन ४ गते जनमुक्ति सेनाद्वारा अछामको सदरमुकाम मंगलसैन र साँफेबगर एयपोर्ट कब्जा गऱ्याे, जिल्ला सुरक्षाकर्मीविहीन बन्यो ।
२०५९ सालको माग १८ गते सरकार र माओबादीबीच दोश्रो चरणको वार्तामा पांँच सदस्यीय माओवादी वार्ता टोली डा. बाबुराम भट्टराईको नेतृत्वमा सार्वजनिक भयो। साउन ३२ गते पुरानी सत्ता र नेकपा (माओवादी) वीच तेसो चरणको बार्ता दाङको हापुरेमा भयो। सोही दिन रामेछापको दोरम्बामा शाही सेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माजओवादी कार्यकता र एक स्थानीयको हत्या गर्यो। युद्धविराम आचारसंहिता अनुसार शाही सेनालाई ब्यारेकबाट पांच कि. मि. भन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले बार्ता प्रभावित भयो । २०६० नाद्र १० गते नेकपा (माओबादी द्वारा युद्धविराम भट्टको घोषणा गरी देशव्यापी प्रतिरोध कार्वाही शुरु गर्यो ।
२०६१ साउन/भदाै- माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौ ! बैदेशिक हस्तक्षेपका बिरुद्ध व्यापक तयारी गराै ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ग-यो। सोही महिनाको २० गते माओवादी केसढ्य शेरमान कुंवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या भयो । पुस ३ गते काठमाडौंको साँखु_ इ.प्र.का.जनसेनाबाट कब्जा भयो। २०६१ माग १९ गते ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाए आफ्‌नो अध्यक्षतामा सरकार गठन गर्यो । शाही ‘कु’ विरुद्ध अध्यक्ष क.प्रचण्डको अपिल गरी माघ २०-२२ गतेसम्म शाही ‘क’ विरुद्ध तीन दिने नेपाल बन्द घोषण गर्यो। चैत्र २०-३० गतेसम्म माओवादीद्वारा एघार दिने देशव्यापी आमहडताल घोषणा गर्यो। २०६२ साउन २३ गते जनमुक्ति सेनाद्वारा कालिकोटको पिलीमा रहेको सैन्य क्याम्प कब्जा गर्यो, र असोज १८ गते नेकपा (माओवादी द्वारा एकपक्षीय युद्धविरामको घोषणा गर्यो । मंसिर १३ गते माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरी प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने फौजी कार्यनीति अगाडि सार्यो ।
मंसिर १४ गते डिभिजन घोषणा कार्यक्रममा शाही सेनाद्वारा हेलिकोप्टर -बाट गोली हानी डिभिजन कमाण्डर क. किमबहादुर थापा (सुनिलको) हत्या भयो। उनी जनयुद्धको क्रममा जनमुक्ति सेनाबाट मत्युवरण गर्ने उच्चतहका कमाण्डर थिए । पुस १८ गते माओबादीद्वारा युद्धविराम भङ्गको घोषणा गरी देशभरी प्रतिरोध शुरु गरी माग १ गते जनसेनाद्वारा काठमाडौँकाे थानकोट र दधिकोट इ.प्र.का.कब्जा गरे यता,माग ८ गते पश्चिम सैन्य कमाण्डद्वारा पाल्पा सदरमुकाम तानसेन पनि कब्जा गरे। यस्तै गतिविधि बढ्दै गएपछि अतालिएको सरकार र माओवादीबिच घटनाको सेरोफेरोमा रहेर प्रचण्डको शब्दमा ‘ज्ञानेन्द्रको लात र माओबादीको हात द्वारा संसदवादी दल र माओवादी बीच सहकार्यको वातावरण बन्यो। माघ २६ गते माओवादी र सात दलको बहिष्कारका कारण ज्ञानेन्द्रको कथित नगर निर्वाचन बहिष्कार गरियो।
२०६२ साल मंसिर ७ गते सात दल र माओवादीबीच भारतमा १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भयो । त्यसको आडमा टेकेर २०६३ मंसिर ५ गते “विस्तृत शान्ति सम्झौता “मा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच हस्ताक्षर भएको थियो। विस्तृत शान्ति सम्झौताको ६ नम्बर बुँदा अन्तर्गत युद्ध समाप्ती भन्ने शिर्षकमा भनिएको छ – २०६३ कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादिबीच सम्पन्न ऐतिहासिक सहमतिको आधारमा सरकार माओवादीबिचकाे चालु युद्धविरामलाई स्थायी रुप दिदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौ। सहमतिको दस्तावेज सहित वि.स.२०६३ असार २ गते माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक भए । मंसिर ५ गते लडाकुलाई अस्थायी शिबिरमा राख्नेगरी शान्ति सम्झौता भयो भने २२ गते लडाकु र हतियार व्यवस्थापनमा सम्झौता गरियो । सोही सालको माघ ८ गतेदेखि राष्ट्रसंघीय शान्ति मिशन अनमिनबाट हतियार र लडाकुको अनुगमन शुरु भयो। २१ बटा अस्थायी शिविरमा रहेका जनमुक्ति सेनालाई पहिलो चरणमा अनमीनले ३१ हजार दर्ता गर्याे । दोस्राेचरणमा २४ हजार प्रमाणिकरण गर्याे र अन्तमा २४ हजार सेनामध्ये १८ हजार ३ सय दुई जना योग्य रहेको प्रमाणित भयो । अनमीनद्वारा अयोग्य ठहरिएका जनमुक्ति सेनालाई बिना प्याकेज बिदाई गर्ने कार्य २०६६ पौष २३ गते सिन्धुलीको दुधाैलीबाट शुरु भएर सुर्खेतको दशरथपुरमा पुगेर ४२ दिनपछि सम्पन्न भयो ।
२०६५ कार्तिक १२ गते लडाकुको व्यवस्थापन र समायोजनका लागि विशेष समिति गठन गरियो। अन्तिमचरणमा २०६७ पुष ३० मा सरकार र माओवादीबीच तीन बुँदे सहमति भए-अनुरुप माघ १ गते आफ्‌नो काम सम्पन्न नगरी अनमिन विवादित रुपमा नेपालबाट बिदा भयो। यसरी नेपालको राजनीतिलाई मात्रै होइन संसारका शक्तिशाली मुलुकको राजनीतिलाई समेत आफूतर्फ आकर्षित गराइरहेको माओवादी लडाकु नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्था गरेबमोजिम २०६७ माग ८ गतेदेखि माओवादी सेनाका सम्पूर्ण लडाकु विधिवत् रुपमा विशेष समिति मातहत आएको नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा शक्तिखोर समारोहमा हस्ताक्षर गरी घोषणा गरियो ।अत्यन्तै पेचिलो ढंगले बढिरहेको नेपालको शान्ति प्रक्रिया र सत्तामोहमा डुबेका नेपालका राजनीतिक दलहरुका सम्झौता कार्यान्वयनका पक्षहरु फितलो अवस्थामा देखिनु नेपाली जनताका लागि राम्रो मान्न सकिदैन ।
वुद्धिजिवि लगायत सम्बद्ध विश्लेषकहरु भन्ने गर्छन् नेपालका राजनीतिक दलहरु भारतबाट प्रत्यक्ष प्रभावित भएका कारण आफैले निर्णय लिन नसक्ने , लिए पनि धेरै दिन टिक्न नसक्ने र यसले देशमा दिगो शान्ति , राजनीति स्थायित्व र आत्मनिर्णयको अधिकारलाई चुनौती दिँदै आएको बताउँछन् । अब पुर्ण एक फेर जनयुद्ध दिवसको अवसरलाई थाँती राखि फुटेर हाेइन जुटेर क्रान्ति गर्नुपर्छ भनेर हिजोकाे आन्दोलनलाई सम्झिँदै विभाजित माओवादीले पुर्ण एकिकृत भई इतिहासको समीक्षा सहित जनतासामु खाएका कसमहरु पूरा गर्नेबाटो तिर लाग्नु र क्रान्ति आफैले आफ्नो विकासक्रममा सधै नै असाधारण जटिल परिस्थितिको सृजना गर्दछ भन्ने’ लेनिनको भनाईलाई आत्मसाच गरी क्रान्तिका बाँकी कार्यभार पुरा गर्न आवश्यक छ। कित्ता कित्तामा जनयुद्ध दिवस नमनाई एउटै मञ्चबाट जनयुद्ध दिवसको शुभकामना आदानप्रदान सहित भव्यताका साथ् मनाइयाेस्। जनयुद्ध आफैमा महान् गाँथा बाेकेको युगान्तकारी परिवर्तन र पुरानो राज्य सत्ताकाे विकल्पकाे रुपमा क्रान्तिकारी याेद्धाहरुले गरेको विद्रोह हाे। तसर्थ संघर्षकाे दाैडानमा केही पात्रहरू खराब र असफल भएपनि सिंगो क्रान्ति र संगठन असफल हुन सक्दैन। सम्पुर्णमा जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….