काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ५ मा महिलाहरुको समुह गठन भएको छ । हिजो एक कार्यक्रमको बीच महिलाहरुको हक हित र अधिकार सुनिश्चित गर्नु पर्ने उदेश्यको साथमा महिला समुह गठन भएको हो ।
नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैधको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका वडा नं. ५ ओपि गाउँमा महिला समुह गठन गरिएको हो ।
महिला समुहले प्रत्येक महिला दिदिबहिनिहरुले मासिक १०० को दरले जम्मा गर्ने गरि महिला समुह गठन गरिएको छ । उक्त जम्मा भएको रकम नियम अनुसार समुहका जो सुकै लाई समस्य परेमा उसले चलाउने निर्णय गरिएको छ ।
महिला समुह लाई स्वरोजागर बनाउनको लागि पनि महिलाहरुले समुह गठन गरेका बताएको छ । महिला समुहलाई सिलाइ बुनाइ तालिम, साबुन बनाउने तालिम, अचार बनाउने तालिमको लागि पहल गरिने केन्द्रिय सदस्य बैधले बताएका छन् । कार्यक्रममा नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजित, नेपाल तरुण दल बनेपा नगर सभापति बिबेक बैजु लगायतको पदाधिकारी सहित अन्यको उपस्थिति रहेको थियो ।