धुलिखेल-खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले आजबाट अनसन शुरु गर्नुहुने भएको छ ।
केही दिन अगाडि मात्रै संघीय सदनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारको ध्यानाकर्षण गराउँदै अनसन बस्ने चेतावनी दिनु भएको थियो ।
दिउँसो २ बजेपछि अनसन शुरु गर्ने जिसस प्रमुख गौतमले जानकारी दिनुभयो । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैछ । तर सडक विस्तारको काम निकै ढिला भैरहेको छ । पछिल्लो केहीदिन यता यो सडक खण्डमा काम ठप्प छ ।