नेपाल औषधी व्यवसायी संघ काभ्रेको अध्यक्षमा श्यामकुमार तिमल्सिना निर्वाचित भएका छन । नेपाल औषधी व्यवसायी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशनबाट तिमल्सिना अध्यक्षमा निर्वाचित भएका हुन ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ऋतुपुर्ण श्रेष्ठ, उपाध्यक्ष थोक तर्फ आकृत वैद्य, उपाध्यक्ष खुद्रातर्फ सन्देश वैद्य, महासचिव, गोकुल प्रसाद धिताल, कोषाध्यक्षमा बिदुर केसी, सचिवमा महेन्द्र जोशी, उपकोषाध्यक्षमा प्रमोद हुमागाँई निर्वाचित भएका छन । सदस्यमा दिपज्योति लामा, शशिकुमार शुवाल, श्रृति वाइबा र माधव बञ्जारा निर्वाचित भएका छन् ।