बनेपा – सामाजिक अभियन्ता गंगाप्रसाद घिमिरे र जीवन मर्गातीको पहलमा मृगौला पिडित सोभाको उपचारका लागि ९२ हजार ४३५ रुपियाँ संकलन गरेर हस्तान्तरण गरेका छन् ।
आर्थिक रुपमा निक्कै विपन्न रहेका बनेपा नगरपालिका वडा नं २ को मुसे बिकको बुहारी सागर बिकको श्रीमती ३८ बर्षकी सोभा बिकको उपचारका लागि संकलित रकम हस्तान्तरण गरेका हुन् ।
सोभाको दुबै मृगौला फेल भएको र आर्थिक अवस्था कमजोर भएको कारण उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । मानवीय सेवामा आफूलाई समर्पित गर्न पाउँदा खुसी भएको घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसका युवा नेता समेत रहनु भएका घिमिरेले यसअघि पनि यस्तै सामाजिक कार्य गर्दै आएका छन् ।