काभ्रेपलाञ्चोक जिल्लाको साबिक रबिओपि–०९ मा जन्मनुभएको श्याम थापा हाल काभ्रेको बनेपा–०५ मा बसोबास गर्नुहुन्छ । उहाँ हाल आयाम बचत तथ ऋण सहकारी संस्था लिमिटेड बनेपाको अध्यक्ष हुनुहुन्छ । पेशाले व्यवसायमा पनि संलग्न हुदैं सहकारी अभियानमा पनि लागीरहनु भएको छ । बागमती प्रदेशको बनेपामा पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरू जोखिममा पर्दै गइरहेका छन् । सहकारीका सञ्चालकहरूको मनमौजी ढंगले निक्षेप संकलन गर्ने बिनाधितो कर्जा प्रवाह गर्ने प्रवृत्तिले सहकारीहरू जोखिमग्रस्त छन् । यो अवस्थामा आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड कसरी संचालन भैरहेको छ भन्ने विषयमा रहेर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले आयाम साकोसको अध्यक्ष श्याम थापासँग गरेको कुराकानी
० आयाम बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
आयाम बचत तथा ऋण सहकारी संस्था लि. समान उमेर समूहका विभिन्न क्षेत्रमा कार्यव्यस्तता भएका यूवा जोशहरुद्धारा वि.स. २०६६ सालमा सहकारी अभियानमा केही नयाँ आयाम थप्न सकिन्छ कि भनेर शुरुवात गरिएको सामुदायिक स्तरमा सञ्चालित सहकारी संस्था हो । हाल ३००० हाराहारीमा सदस्य रहेको यस सहकारीले जन्म देखि मृत्यु समेतका सेवा सुविधा आफ्ना सदस्यहरुलाई दिईरहेको छ । कारोवारको हिसावमा खासै ठूलो कारोवार नभए पनि हाल १५, १६ करोडको हाराहारीमा बचत ऋणको कारोवार गरिरहेको छ । हामी सदस्यको बचत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । बजारमा आर्थिक मन्दिको कारण तरलतामा समस्या आईसक्दा पनि हामीले बचत फिर्ता गर्न कहिल्यै भरेभोली भनेनौँ मागेकै बेलामा फिर्ता ग¥यौँ । कोही सदस्यले पैसा निकालेर भोलिपल्ट जस्ताको त्यस्तै बचत राख्न ल्याउनु भयो, हो यो हाम्रो खुसीको विषय हो । हामीलाई सदस्यले विश्वास गर्नु भएको छ ।
० तपाई त सहकारीको अध्यक्ष हुनुहुन्छ ? आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनु भएको छ, यो परिस्थितिमा ?
आयामका सदस्यहरुलाई हामी बचत र ऋणको अलवा जन्म देखि मृत्यु सम्मका राहत कार्यक्रमहरुमा सहभागि गराउछौ । मतलव जव हाम्रा सदस्य वा सदस्यको श्रीमती सुत्केरी हुनुुहुन्छ हामी बच्चालाई न्यानो कपडा सहित सुत्केरी भेटघाट गर्छौ । नवजात शिशुको नाममा निःशुल्क वचत खाता खोल्छौँ र संस्थाको तर्फबाट एक हजार जम्मा गरिदिन्छौँ र अप्रेशन गरेर सुत्केरी भएको हो भने थप ५००० सुत्केरी स्याहार खर्च समेत उपलव्ध गराउँदछौँ । त्यस्तै हाम्रा कोही सदस्य विरामी पर्नु भयो हस्पिटल भर्ना गर्नु प¥यो भने सामान्य विरामी भएको अवस्थामा ५००० सम्म र जटिल विरामी वा ठूलो खालको शल्यक्रिया गर्नुपरेको छ भने २०००० सम्म स्वस्थ्य उपचार राहत उपलव्ध गराउँदछौ । हाम्रा सदस्यको स्वास्थ्य उपचारलाई ख्याल गरी बनेपा, पाँचखाल र भकुण्डेवेशीका केही स्वस्थ्य संस्थाहरुसंग हामीले समन्वय समेत गरेका छौँ जहाँ उपचार गर्दा हाम्रा सदस्यले १० प्रतिशत देखि ३० प्रतिशतसम्म उपचार खर्च छुट पाउन सक्नुहुन्छ । हामी हाम्रा सदस्य स्वयम्को प्राकृतिक मृत्यू भएमा १०००० र एकाघर परिवार सदस्यको मृत्यू भएमा ५००० समवेदना राहत उपलव्ध गराउँछौ ।
अरु बचत तथा ऋण सहकारी संस्थाहरुको सरह सदस्यलाई घर दैलो बचत संकलनको सेवा, मोबाईल बैंकिङ सेवा, सरल र सुलभ ऋण सेवा त भईहाल्यो यसका अतिरिक्त समय समयमा सदस्यलाई विउँविजन वितरण गर्ने, सहकारी शिक्षा र वित्तीय शिक्षा प्रदान गर्ने, रक्तदान लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएका छौँ ।
० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
सामान्यतय विश्वमा आएको आर्थिक मन्दि संगसगै नेपालको घरजग्गा व्यवसाय निरन्तर नकारात्मक हुँदै गयो । घरजग्गामा लगानी गरेर राम्रै आर्थिकोपार्जन गरिरहेका केही सहकारी कर्मीहरु हौसिनु भयो र धेरै कमाउने लोभमा फस्नुभयो । ससानो बचत संकलन गरेको रकमलाई घरजग्गामा लगानी गर्नुभयो र मागेको बेलामा बचत फिर्ता गर्न सक्नु भएन फलस्वरुप तरलताको समस्या देखा प¥यो । मिडियाहरुमा पनि सकारात्मक समाचार भन्दा नकारात्मक समाचार बढी आएपछि सदस्यहरु आत्तिनुभयो र यसको असर समग्र सहकारी अभियानलाई नै प¥यो, विशेषगरी हामी जस्तो सानो पुँजीमा सञ्चालित सहकारीहरुलाई । त्यतिवेला हामीलाई पनि गाह्रै महसुुस भयो जव हाम्रै केही छिमेकी संस्थाहरुको समाचार छरपष्ट भयो । हामीकोमा त्यसरि घरजग्गामा लगानी थिएन र मैले पहिले नै भने झैँ हाम्रा सदस्यहरुले राम्रो साथ दिनुभयो । माया गर्नुभयो । सबैलाई धन्यवाद र हामी विस्तारै थप मजबुत भयौँ । सदस्यहरुले विशेष गरी ऋणी सदस्यहरुले सहकारी अभियानले लगायको गुण विर्षेकाले ऋण अशुलीको नियमिततामा केही गाह्रो छ तर अन्य हिसावले हामीलाई कुनै समस्या आएन र छैन । अहिले पनि हामी ऋण लगानी गरिरहेका छौँ । बचत फिर्ता गर्न कुनै समस्या छैन । हो कारोवार बढाउन सकिएको छैन, स्थिती सामान्य हुँदा त्यो पनि वढ्छ । ऋण लगानी गर्दा हामी अलि बढी रुखो भएका छौँ यो हामीले सिकेको पाठ पनि हो पहिले राम्रो भएर पछि झगडा गरेर ऋण अशुली गर्नभन्दा पहिले नै कुरा क्लियर गरेको राम्रो नि हैन ?
० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
त्यही नै त गलत भयो नी । अहिले संस्था राम्रो नराम्रो उसले गरेको आर्थिक कारोवारको साईज हेरेर गर्न थालियो नकि उसले सदस्यलाई पु¥याएको सेवा सुविधा, सहकार्य । केही सिमित व्यक्तिहरुलाई फाईदा लिनका लागि महगोँ व्याजदरमा बचत संकलन गर्ने, थोरै सदस्यलाई ऋण दिएको देखाएर आफूखुसी लगानी गर्ने र आर्थिक हिसावमा ठूलोलाई नै सर्वोपरी देख्नाले नै त यो अवस्था सीर्जना भएको हो ।
० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको के हो ?
मैले बुझेको सहकारी भनेको मिलेर कार्य गर्ने, एकले अर्कालाई सहयोग गर्ने र सहकार्य गर्ने माध्यम हो सहकारी । जसको साझा उदेश्य आफ्नो व्यवसायमा सफलता पाउनलाई बचतको प्राथमिकतामा राख्दै आवश्यक परेको बेला पूँजी निर्माणको लागि त्यो बचत ऋण मार्फत परिचालन हुन्छ । सहकारी सबै सदस्यको साझा हो, सदस्यले म त्यो संस्थाको मालिक हो भन्ने कुरा बुझ्नुप¥यो ।
० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
सहकारी नबसझेकोले, आफ्नो गर्जो टरिसकेपछि, नेपालीमा एउटा उखान छ नि जुन थालमा खायो त्यही थालमा………गर्ने ले लगाउने आरोप हो यो । हो केही सहकारी जो नितान्त व्यक्तिगत हिसावमा सञ्चालन गरे तिनले बदमास गरे होलान्, समग्रमा सबैलाइै एउटै टोकरीमा राख्न हुन्न नि । सहकारी नभएको भए आम भुँई मान्छेको आर्थिक व्यवहारमा यत्तिको पहँुच पुग्थ्यो त ? आजै पनि हामी कुनै बैंकमा ऋण माग्न प¥यो भने लौन तैले चिनेको कोही छ भनेर सोध्नु पर्छ, महिनौ दिनको प्रक्रिया हुन्छ, सहकारीमा आज समस्या पर्दा आजै, हस्पिटल भित्र विरामी छिराएर पैसा खोज्न हिँडे हुन्छ, कतिपय सहकारीले यस्तो अवस्थामा अस्पतालको विल नै तिरिदिने व्यवस्था समेत मिलाएका छन्, कुन बैंक सवत्तीय संस्थाले यसो गर्छ ? हो केही कमजोरी पक्कै भएका छन् तर लाएको गुण विर्षनुहुन्न जस्तो लाग्छ । कुरा आयो ऋणले उठीबास लगायो यसको लागि ऋणको परिभाषा हरौँ न
जान्नेको लागि
साधन हो केही गर्न खोज्नेको लागि
उपाय हो समस्या हल गर्न चाहानेको लागि
माध्यम हो जाँगर र मेहेनतीका लागि
डुंङ्गा हो खोला तर्न आँट हुनेको लागि
बीऊ हो फलाउन कोशिस गर्नेका लागि
नजान्नेको लागि
आगो हो जल्न चाहानेका लागि
विष हो मर्न चाहानेको लागि
पासो हो आत्महत्या गर्नेका लागि
ताल हो डुब्न चाहानेको लागि
उल्टो काडाँ हो चिन्न नसक्नेका लागि
यसर्थ आफूले लिएको ऋण सहि सदुपयोग गर्नुप¥यो, जुन शर्तमा ऋण लिएको थियो त्यो शर्त बमोजिम ऋण तिर्नुप¥यो । २ वटा कमजोरी सहकारी अभियानबाट भएकै हो
१. ऋण लगिसकेपछि त्यो ऋण सदुपयोग ग¥यो कि गरेन निरिक्षण गरी आवश्यक कार्य गर्नुपथ्र्यो गरेन,
२. सहकारीमा सजिलै ऋण पाईयो, सजिलै आको सजिलै खर्च भयो ।
० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
मैले औपचारिक शिक्षा धेरै प्राप्त गर्ने अवसर पाइन, यद्यपी सहकारी ऐनमा मुख्य कारोवारको विषयमा जुन लेखिएको छ त्यो एकदमै आवश्यक छ, नियामक निकायले यस सम्बन्धमा कडा हुनु जरुरी छ, बहुउदेश्यिय भन्ने काम बचत र ऋण मात्र गर्ने कृषि सहकारीको वोर्ड झुण्डाउने पसल पसलमा बचत संकलन गर्न पासबुक दिएर पठाउने त्यो त राम्रो विषय भएन नि । दोहोरो सदस्यताको विषयमा अदालतमा केश परेको छ भन्ने सुनेको छु यसमा म केही बोलिन ।
० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि के यसमा सहकारी अभियान्ताहरुको कुनै दायित्व हुदैन ?
सदस्यले संस्थालाई माया गर्नुपर्छ म त्यो संस्थाको मालिक हुँ भन्ने सोच्नुपर्छ र त्यही अनुरुप संस्थाको गतिविधीमा सक्रिय रहनु पर्छ । केही खराव नियत भएकाहरु त्यसरी भागे पनि । अव अभियन्ताहरु पनि खराव गर्नेलाई कारवाही गर भन्न डराउनु हुन्न । यो मेरो मान्छे यो अर्काको भन्ने नै होईन खराव गरेको छ भने गरेको हो भन्नु प¥यो कार्वाहीका लागि सिफारिस गर्नप¥यो । अभयान्ताको दायित्व यही हो जस्तो लाग्छ ।
० अहिले सदस्यहरुले यस सहकारी संस्थाबाट के कस्तो फाईदा लिन सकेका छन् ?
माथि उल्लेख गरे अनुसार जन्म देखि मृत्यु सम्म आयाम साथसाथ मै छ सदस्यको ।
० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
अव युवा केन्द्रित क्रियाकलाप गर्नुपर्छ । सहकारी सहकारी मिलेर विद्यालय, कलेजहरुमा सहकारी शिक्षा र वित्तीय शिक्षाको राम्रो ज्ञान बाँड्नु जरुरी छ । कार्यक्रमहरु बनाउँदा समेत युवा केन्द्रित कार्यक्रमहरुमा बढी जोड दिनुपर्छ जस्तो लाग्छ ।
० भाबी योजनाहरु के छन् ?
अब हामी पनि युवा केन्द्रित कार्यक्रमहरुमा नै बढी जोड दिएर जाने, लागत कम गर्ने, सरल सहज सेवा पु¥याउने, उद्यमशिलता र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै जाने र दिई रहेका सेवा सुविधालाई अर्झ परिमर्जित परिस्कृत गर्दै जाने भन्ने छ ।