काठमाडौं- तेस्रो काव्य म्युजिक अवार्ड २०८१ को अवार्ड कार्यक्रम यहि असार २२ गते हुने भएको छ ।यस पटकको अवार्ड पृथक रहेको आयोजक पक्षले वताएको छ ।

तेस्रो अवार्डमा उत्कृष्ठ पाँच मनोनितलाई एकसाथ स्टेजमा आमन्त्रण गरेर उत्कृष्ठ पाँच छनौट भएको प्रमाणपत्र हस्तान्तरण गरेर पाँच मनोनितलाई गोलाप्रथामा सहभागि गराउने साथै जसको हातमा विजेताको कुपन पर्दछ, कुपन पर्नेलाई नै स्टेजमा अवार्ड वितरण गरिने भएको छ ।

यदि समारोहमा उत्कृष्ठ पाँच मनोनित मध्य एक जना अनुपस्थित भए चार जना मात्रै सहभागि हुने र यदि उत्कृष्ठ पाँच मनोनित मध्य एक जना मात्रै उपस्थित भए सिधै उपस्थित एक ले नै अवार्ड हात पार्ने अवार्डका निर्देशक रमेश श्रेष्ठले जानकारी दिए ।नेपालमै यस्तो प्रक्रियाको अवार्ड पहिलो पटक हुन लागेको निर्देशक श्रेष्ठले वताए ।

अवार्डहरुको भिडमा फरक ,विकृतिरहित तथा स्वच्छ तरिकाले कार्यक्रमको तयारी भैरहेको र छिट्टै फाइनलको घोषणा गरिने आयोजक काव्य म्युजिक सेन्टरले वताएको छ

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र