तारकेश्वर नगरपालिका वार्ड नं. ७ स्थित फुटुङ् माध्यमिक बिद्यालयमा संचालन भएकाे जयन्तीपुर बालक्लबको दोस्रो कार्यसमिति गठन भएको छ।

कक्षा ५देखि कक्षा ९ सम्मका ५७ जना बालबालिकाको केहि बिद्यार्थीहरुको स्कूल छोडेको र अध्यक्ष, उपाध्यक्ष र सचिवहरु कक्षा १०बाट एसईई दिएर बिदामा बसेका कारण समितिलाई निरन्तरता र पूर्णता दिनका लागि नयाँ कार्यसमिति गठन गरिएको हो भने आज सम्पन्न निर्वाचन प्रकृयाबाट श्री आयुष रानामगरकाे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएकाे छ ।

 

साधारण सदस्य पदहरुमा २८ जनाको मनोनयन दर्ता भएकोमा गोलाप्रथा तथा हात उठाएर चयन गर्ने प्रणाली अबलम्बन गरि १२ जना छानिएको थियो भने सचिवमा ३ जनाको मनोनयन परेकोमा तीन जना मिली एकजनालाई र उपाध्यक्षमा पनि ३ जनाको मनोनयन परेकोमा एक जनालाई सर्वसम्मत नै गरेका थिए भने अध्यक्ष पदमा भने ९ जनाको मनोनयन परेकोमा बाँकी ७ जनाले दाबी छाडे पछि अन्तमा २ जनाको प्रतिस्पर्धामा आयुष रानामागरले २९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सुबेच्छा तामाङ्गले २२ मत प्राप्त गरेकी थिईन् ।

बालक्लब उपसमिति संयोजक श्री श्यामसुन्दर के.सी., सदस्यहरु सीता ढकाल, स्वरुपा गौतम, बिमला सापकोटा र सबिना ढकाल समेतकाे उपस्थितिमा क्लबकाे कार्यसमिति गठन गरिएकाे थियाे ।

जयन्तीपुर बालक्लबका संयोजक श्री श्याम सुन्दर के.सी.ले सबै भाइबहिनीहरुलाई आफ्नो हक, अधिकार प्राप्तीका लागि एकजुट हुन र आफूलाई परेका समस्यलाई समाधान गर्ने तहगत उपाय सहित बाल बचाउ, बाल संरक्षण, ,बाल सहभागिता र बाल बिकास सम्बन्धि सानो सचेतना कक्षा लिई आफ्ना साथीहरुको हरेक समस्यालाई गहन रुपमा लिई समाधान गर्ने तर्फ लाग्न त्यसमा आफ्नो भूमिका जुनसुकै रुपमा निभाउन पनि तयार रहेको कुरा ब्यक्त गर्नु भएको थियो । अन्तमा फुटुङ्ग माध्यमिक विद्यालयका प्र.अ एंव जयन्तीपुर क्लबका संरक्षक सन्त कुमार श्रेष्ठले सबै निर्वाचित सदस्यहरुलाई टिका लगाएर बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको थियो ।
सानुकाजी थापा
बालकुमारी खवर
९८४१२२५८७३

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….