काभ्रे । बेलर इन्टरनेशनल स्कुलमा चर्चित ब्याण्ड मन्कि टेम्पलका गायक सरिन देउजाको क्रेज ब्यापक भएको छ । विद्यालयमा विद्यार्थीहरुलाई संगित तथा अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीहरुको सिकाई बृद्धी गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीद्धय निर्मला रायमाझी र रितिका केसीले विद्यार्थीहरुलाई सांगितिक कार्यक्रम मार्फत अध्ययन तथा ब्यक्तिगत जीवनमा समेत हौसला प्रदान गर्ने उदेश्यले मन्की टेम्पल लगायतका ब्यान्ड समुहका गायकहरु मार्फत प्रत्यक्ष गित प्रस्तुत गर्ने अवसर सिर्जना गराएको बताए ।

अध्यक्ष भोला थापाले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि बेलर स्कुलले नियमित बार्षिक तालिका अनुसारका अतिरिक्त कृयाकलापहरुलाई निरन्तरता दिएको बताए । सोहि अवसरमा मन्की टेम्पल ब्याण्डका गायक सरिन देउजाले गितहरुको प्रस्तुती गरेका थिए ।

 

सोहि अवसरमा विद्यालयले कर्वदी खेलबाट अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्प्र्धा गरी नेपालमै दोश्रो हुन सफल कक्षा १२ अध्ययनरत विद्यार्थी रोहन श्रेष्ठलाई सम्मान गरेको थियो । बंगलादेशमा आयोजित अन्र्तराष्ट्रिय कर्वदी प्रतियोगितामा रोहनले भाग लिएका थिए । उनी नेपालबाट भाग लिएका विद्यार्थीहरु मध्येका एक हुन् ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापा, विद्यालयका प्रिन्सिपल इन्दु थापा, विद्यालयका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तित्वहरु पवन थापा, अनुपजंग थापा, क्याम्पसका भगिरथ अधिकारी, विष्णुहरी घिमिरे, मनोज बस्नेत लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….