बनेपा – काभ्रे जिल्ला महाभारत गाऊँपालिका वडा नं.८ चकमेक(थाकने) निवासी हस्तिमाय राना मगरको छोरा वर्ष ३० को तिलक बहादुर आले मगर केही बर्षदेखी मृगौला फेल भई हाल शहिद धर्मभक्त मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस भइरहेको छ । सो तिलकलाई आफ्नी आमा हस्ती मायाको मृगौला ट्रान्सपोर्ट गर्नको लागि डाक्टरको सल्लाह अनुसार धेरै खर्च लाग्ने भएको हुँदा महाभारतका केही युवाहरुले टीम बनाएर आन्तरिक सहयोग रकम सङ्कलन गरी आज सो रकम भेटेर हस्तान्तरण गरिएको छ।
उक्त रकम बनेपामा बिरामी बस्दै आएको कोठामा गई हस्तानतरण गरिएको थिए ।

उक्त अभियानलाई देश,विदेश रहेको व्यक्ति, संघ,संस्था,राजनीतिज्ञ,स्वास्थ्य कर्मचारी,नेता,समाजसेवी,विद्यार्थी विभिन्न पेशामा आबद्ध रहेर अभियानमा जोडिनु भएको थियो। १६१ जना बाट नेपाली ३ लाख १७ हजार २ सय ४९ रुपैया सहयोग रकम जम्मा भएको थियो। अभियन्ताहरुले प्रत्येक सहयोगी व्यक्तिहरूको नामावली,बैंक स्टेटमेन्ट,रसिद सहित बिरामीलाई बुझाएको टीमको टेक मगरले बतायो।

अभियानमा वसन्त कुँवर, बबालजङ्ग सारू,झलक दर्लामी,जगत मोक्तान,बेन मगर,शान्ति तितुङको नेतृत्वमा रहेर फरक फरक भूमिका निभाई अभियानलाई समपन्न गरेको अभियानका सूचना कार्य समाल्नु भएका टेक मगरले बताए।

तिलक आलको स्वास्थ्य लाभको कामना गर्न उनको घरमा नेकपा एमाले अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा लगायतका नेताहरु पनि पुगेका थिए ।

नेकपा एमाले महाभारत गाउँकमिटीको संयोजनमा सहयोग रकम संकलन अभियान शुरु गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य बसन्त कुँवर, लेखराम सारु मगर, शान्ती तितुङ राना मगर, पालिका अध्यक्ष जगतमान मोत्तान, वडा नम्वर २ का अध्यक्ष हरि अस्तानी, वडा नम्वर ५ का अध्यक्ष बेन बहादुर तुम्सिङ मगर, राष्ट्रिय युवा संघ नेपाल महाभारत गाउँपालिका कमिटी सचिव टेक बहादुर तुम्सिङ मगर, स्वास्थ्यकर्मी एवं समाजसेवी झलकबहादुर दर्लामी लगायतको सहजिकरणमा रकम संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….