काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २ सय ८९ जना लेखा प्रमुखहरुको सरुवा गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले देशभरका सबै प्रहरी कार्यालयमा साउन ११ पत्राचार गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेको जनाएको छ ।