प्रकाशित मिति: मंगलबार, साउन १४, २०८१
समय: ७:२५:१७
हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृती एवं परम्परा अहिलेसम्म बाँचिरहेकोछ । हामी दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गर्दछौं । यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन्। त्यसै गरि प्रत्येक वर्ष साउन १५ गते खिर खाएर पर्व मनाउने गरिन्छ । हाम्रा पुर्खाहरुले देशमा यसरी संस्कृतीलाई जोगाइ राखेका छन् । यो हाम्रो लागि ठूलो धन सम्पत्ति हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा समेत धेरै ठूलो टेवा पुग्दछ । हाम्रो देशको संस्कृती भनेको विश्वको नमुना हो । यस्तो संस्कृती कतै पनि अन्य देशमा छैन् । तर अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई भएकोछ । यसमा आम जनताको चासो रहन अत्यन्तै आवश्यक छ । आजसम्म त हामी पुरानो नयाँ दुबै पुस्ता बुझ्ने वर्ग छौं । आजसम्म जे जसरी भए पनि सबै किसिमका चाड, पर्व, रितिरिवाज, धर्म, संस्कृती, परम्परा जोगिरहेको छ । तर अबका पुस्ताले यो कुरा सबै बुझेको हुदैनन् । हो, त्यसकारण हाम्रो यो पुस्ताले अबका पुस्तालाई हाम्रा सबै किसिमका कुराहरु हस्तान्तरण गर्न आवश्यक छ । यसो गरिएन भने यी सबै कुराहरु एकादेशका कथा बराबर हुनेछन् ।