काभ्रेपलान्चोक – पछिल्लो समय गायन र अभिनयमा चर्चाको नाम हो नविन सुनुवार मुसुक्क हाँस्ने, मिठो बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखि:हरुलाई आफुले सकेको सयोग गर्ने, पिता बुद्धि बहादुर सुनुवार, आमा भक्तमाया सुनुवारको कोखबाट सर्लाहीको लालबन्दिमा जन्मिएका गायक नविन सुनुवार जब बुझ्नी भए त्यतिबेला देखि गीत संगीत सुन्ने बित्तीकै गीत गुनगुनाउने, उनले बाल्यकाल देखिनै उनको बानी अझ भनौ उनको गीत संगीत प्रतिको लगावले गर्दा अनि उमेर बढ्दै जाँदा उनीमा गीत संगीत प्रतिको मोह बढ्दै गयो ।
पछि उनि काठमाण्डौ आएपछि पनि उनि गीत संगीतमै संघर्ष गरीरहे, मिठो बोल्ने सबैलाई सहयोग गर्ने उनको बानी अझै लोभ लाग्दो थियो । सबैलाई रिझाउन सक्ने उनको क्षमताले उनले सबैको मन जिते ।
नेपालका शाश्त्रिय संगीतका प्रख्यात गुरु गुरुदेव कामत संग उनले ५ बर्ष जति संगीत पनि सिके, उनको गीत संगीत प्रतिको लगाव चासो र मेहनतले उनलाई निखार्यो । मिठो आवाज र गायन संगै अभिनय प्रति पनि उनको ईच्छा चाह बढ्दै गयो र उनको मेहनतले गर्दा उनि सबैको प्रिय बन्न पुगे।
बिगत एक दशक भन्दा लामो समय देखि निरन्तर, गायन र अभिनयमा शंघर्ष गरिरहेका उनले अहिलेको अन्तराल सम्म उनको आवाजमा एक दर्जन भन्दा बढी गीतहरु बजारमा आएता पनि कतिय गीत चर्चामा रहे भने कति पय गीत ओझेलमै रहे।
उनका केहि गीतहरु भने बजारमा आउने तयारीमा रहेको उनले जानकारी दिए। गायक नविन भने पछिल्लो समय ५ बर्ष देखि दुबैलाई कर्मथलो बनाएका छन् । काम बाट समय मिल्ने बित्तिकै गायनलाई समय निकाल्दै प्रदेशमा भएर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्दै समय समयमा आफ्नो मातृभूमीमा आएर गीत संगीत पस्किरहेका हुन्छन गायक नविन।
उनि गायन संगै आफ्नै गीतमा अभिनय गर्नमा पनि उत्तिकै माहिर छन् । त्यसैले उनलाई बहुप्रतिभाका धनि गायक तथा कलाकार भन्दा फरक नपर्ला । आउनुहोस् उनले गाएका र अभिनय गरेका गीतको बारेमा चर्चा गरौँ ।
उनले आवाज दिएका लोकप्रिय रहेका गीतहरु यस प्रकार छन् । सर्वप्रथम, न ओईलिने पुष्प तीमी, जाल झेलको माया नलाउनु, तिमीले घृणा गर्ने भए, गाइ चर्यो साइँली, जति जन्म मिल्छ मलाइ, सिमली स्याउली, जस्ता गीतहरु उनका लोकप्रिय गीतहरु हुन् ।
उनका आवाजमा अरु गीतहरु पनि छन् यी गीतहरु भने उनका स्रोताहरुले मन पराएका गीतहरु हुन् । उनले भर्खर सम्पन्न भएको तेस्रो काब्य म्यूजिक अवार्डमा पूर्व उपप्रधानमंत्री, राप्रपा अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेन बाट राष्ट्रिय गायन कला सम्मान पनि पाए ।
गएको दशैँमा उनको आवाजमा, जति जन्म मिल्छ मलाई, समर्पण बोलको गीत आयो जसमा आवाज गायक स्वयम् नविन र बबिता सुनुवार रहेको छ। जसमा गायक स्वयमले आफ्नोभित्र लुकेको अभिनयको प्रतिभा पनि दर्शक माझ ल्याएर वाह वाहको साथै तारिफ पनि बटुलेर अभिनयमा पनि आफुलाई दख्खल सावित गरेका छन् ।
उक्त गीतको अभिनयमा गायक नविनलाई प्रसंसा सुनुवारले साथ् दिएकि छन् । उक्त गीतको भिडियोलाई गायक नविनकै यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
गायक नविनले गायन क्षेत्रमा आर्थिक अवस्था कम्जोर भएका तर गायनमा एकदम प्रचुर सम्भावना बोकेका प्रतिभाहरुलाई आफ्नो गीतमा गायनको अवसर पनि दिंदै आईरहेका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायक नबिन सुनुवारसँग गरेको कुराकानी :
० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
म भर्खर नेपाल आएको २० दिन भयो केहि गीतहरु रेकर्डिङ भयो भने केहि गीतको रेकर्डिङ कार्यमा ब्यस्त छु ।
० गायन र कलाकारिता बाहेक के गर्नु हुन्छ ?
म दुबैलाई कर्मथलो बनाएर काम गरिरहेको छु । फुर्सद भयोकि गाउन प्राक्टिस गर्ने, अभिनय प्राक्टिस गर्ने गर्छु । अहिले भने केहि गीतको भिडियोको तयारीमा जुटेको छु । काम सकेर कर्मथलो दुबै फर्किने छु ।
० गायन र कलाकारिता यात्रामा कसरी लाग्नु भयो ?
सानै देखि गीतहरु सुन्ने, अरुको अभिनय हेर्ने पुराना अग्रज गायकहरुका गीतहरु रेडियोमा गुन्जिदा आफुलाई पनि गाउने चाहाना बढ्दै गयो। अरुको अभिनय हेर्दा आफुले पनि अभिनय गर्ने चाहना जाग्थ्यो सोंच्थे ठुलो भएपछि गीत गाउँछु र अभिनय गर्छु भनेर ।काठमाण्डौ आएपछि अग्रज गायक, कलाकारहरु संग संगत बढ्दै गयो बिस्तारै, गायन र अभिनयको यात्रा सुरु गरियो ।
० गीत अभिनय कस्तो होस जस्तो लाग्छ ?
जुन गीत सुन्ने बित्तिकै मनमा तरंग पैदा हुँदैन ।त्यो गीत, गीत होइन, जुन अभिनय कलाले हेर्नेवालाको आँखा रसाउदैन त्यो कलाकार, कलाकारिता होइन। गीतमा सुमधुर मिठास हुनुपर्छ । अभिनयले सत्यता बोल्नु पर्छ । गीत पनि सुन्दा आनन्द आओस् र सुन्नेवाला व्यक्तीले गीतले भन्न खोजेको के हो ? त्यो सजिलै बुझोस्, गीत होस् वा संगीतमा सजिलै मनका कथा ब्यथा प्रेम भाव झल्किने हुनुपर्छ ।
० के गायन र अभिनय क्षेत्र बाट नै बाँच्न सकिन्छ जस्तो लाग्छ तपाईंलाई ?
गायन अभिनयलाई साधना मानेर तल्लिन भएर लाग्नुपर्छ सिक्नु पर्यो र आफ्नो विधामा पोख्त हुनु पर्यो । गायन भनौ वा कलाकारिता जुन आफ्नो विधा छ । त्यसमा राम्रो ज्ञान भयो भने त्यो ज्ञान अरुलाई बाँडेर पनि बाँच्न सकिन्छन । बाँच्नका लागि मात्रै त के दुख छ र हजुर ?
० कसको प्रेरणाले गायन र कलाकारितामा लाग्नु भयो ?
त्यस्तो यसको प्रेरणाले भन्ने छैन । गीत गाउँदै गए सबैले माया गर्नु भयो । सबैले साथ् सपोर्ट गर्नु भयो मेरो अवाज गायन कलाकारितालाई मन पराइदिनु भयो। त्यसपछि अझै गायन र कलाकारिता प्रति उर्जा बढ्दै गयो यसैगरी गायन र कलाकारिता क्षेत्रमा लागियो ।
० यस क्षेत्रमा लाग्नको लागी तपाईलाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?
मलाई घर परिवार बाट एकदम साथ् सापोर्ट छ ।
० पछि गएर के गर्न योजना बनाउनु भएको छ ?
गीत संगीतमै केहि नयाँ र फरक गर्ने योजना बनाएको छु ।
० अन्त्यमा के भन्न चाहानुहुन्छ ? ।
सर्वप्रथम हामी नेपाली हौँ नेपाली गीत संगीतलाई माया गर्नु पर्छ । हामीलेनै नेपाली गीत संगीतलाई विश्वबजारमा पुर्याउनु पर्दछ । अन्त्यमा मलाई माया गर्नुहुने शुभचिन्तकहरु र मेरो गीतलाई माया गर्नुहुने स्रोताहरु मेरो अभिनय मन पराउने दर्शकहरु सबैलाई मिठो माया धेरै सम्झना ।