काभ्रेपलान्चोक – शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले श्रावण २६ गते शनिबार कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको थियो ।

विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको थियो । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको छ । विद्यालय स्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक देखिन्छ । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा नेतृत्व गर्ने कलामा निखारता आएको देखिन्छ ।

कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । अपौचारिक पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक श्री प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य श्री आत्माराम थापा ज्यूहरु द्धारा विद्यार्थीहरुलाई टिका र खादा प्रदान गर्नुभयो । कार्यक्रम बिभिन्न चरणहरुमा गरिएको थियो । काभ्रे जिल्लामा पहिलो पटक छुटै तरिकाले स्वागत तथा बिदाई कार्यक्रम गरियो ।

प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले कक्षा १२ को परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै उज्वल भविष्यको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए । विद्यार्थीहरुलाई स्वागत साथै सुनौलो भविष्यको कामना सहित सधै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्तीका लागि यस संस्थाबाट हर हमेसा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन, विद्यालयका सहायक कलेज प्रमुखले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….