काभ्रे । रोट्रयाक्ट क्लव अफ काभ्रे भ्यालीको तेश्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३÷२०२४ का अध्यक्ष सन्तोष तामाङले वर्ष २०२४÷२०२५ का अध्यक्ष प्रभुराम धिताललाई पद हस्तान्तरण गरेका थिए ।

पदस्थापन कार्यक्रममा नव निर्वाचित अध्यक्ष प्रभुराम धिताललाई कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लव अफ काभ्रे भ्यालीका अध्यक्ष अशोक पाण्डेले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ लगत्तै निर्वाचित अध्यक्ष धितालले आगामी योजनामा क्लवको भूमिकालाई अझै विस्तार गरी सामाजिक उत्तरदायित्वमा क्लवका गतिविधिहरुलाई केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

निर्वतमान अध्यक्ष सन्तोष तामाङले विगत कार्यकालमा भएका महत्वपूर्ण गतिविधिहरुका बारेमा जानकारी गराउँदै उक्त अवधीमा सहयोग पु¥याउने सम्पूर्णमा हार्दिक धन्यवाद र आभार ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य जीवन तामाङले राखेका थिए ।

कार्यक्रममा रोटरियनहरु सगुन श्रेष्ठ, सुदिप धिताल, निशान तिमल्सिना लगायतले उक्त कार्यक्रममा विभिन्न जिम्मेवारी बहन गरेका थिए । कार्यक्रममा रोटरीका उदेश्य र योजनाका बारेमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….