दिलिप शर्मा /अध्यक्ष जिल्ला सहकारी संघ काभ्रे
करिव १ हजार ५ सय वटा बिभिन्न प्रकृतिका सहकारी संस्थाहरु रहेको यस काभ्रेपलाञ्चोक जिल्लामा १३ वटा स्थानीय तहहरुलाई डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोकले उक्त स्थान भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई हस्तान्तरण समेत सम्पन्न गरिसकेको छ ।
जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावकत्व भूमिका निर्बाह गरिरहेको जिल्ला सहकारी संघ लि. ले यस आ. व. २०७४- ०७५ मा धेरै कार्यहरु अगाडी बढाउन सफल भएको छ । निर्बाचित भएर आएको १९ औं महिना भित्र जिल्ला सहकारी संघले आफ्नो कार्यकालमा गरेका उपलब्धिहरु ममन योग्य नै छन् किनभने अनेक खालका बाधा अड्चन तथा चूनौतीहरुका बीचमा समाहित रहेर सञ्चालक समितिले गरेका उपलब्धिहरुका बारेमा आम सहकारी आन्दोलन तथा अभियानमा लागेका अभियन्तहरुलाई जनाकारी गराउने जिल्ला सहकारी संघको राम्रो पक्ष पनि हो ।
जिल्ला सहकारी संघमा आवद्ध हाल सम्म ४६८ वटा सहकारी संघ÷संस्थाहरु मात्र रहेको भएतापनि समग्र जिल्लामा रहेका अन्य सबै सहकारी संघ÷संस्थाहरुलाई यस संघमा आवद्ध गराउने अभियानलाई निरन्तरता दिदै आइरहेको छ । यस निर्बाचित टीम निर्बाचित हुँदा ४३७ वटा सहकारी संस्थाहरु आवद्ध रहेको यस संघमा ४१ वटा सहकारी संस्थाहरुले जिल्ला सहकारी संघको अभिभावकत्व खोज्दै यस संघमा आवद्ध भएका छन् ।
विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै जिल्ला भरीका सहकारी संस्थाहरु यस संघमा आवद्धताका लागि जिल्ला सहकारी संघ लि ले सबैलाई अह्वान गरिरहेको सन्दर्भमा हाल आएर यसले निकै उत्सुकता थपिरहेको देखिएको छ । ३५ औं बार्षिक साधारण सभाबाट निर्बाचित भएर आएको टोलीको १९ औं महिनामा भएको ५० भन्दा बढी कार्यहरुले संघको सक्षमता तथा दक्षता अभिबृद्धि गर्नका लागि हौसला थपेको छ ।
देख्दा ठूलो १९ जनाको सञ्चालक समिति देखएता पनि १९ पटक सम्मको यस आ. व.मा भएको बैठकमा कहिल्यै पनि नियमित बैठक कोरम नपुगेर रोकेको छैन सँधै बैठकहरु सौहार्दपूर्ण रुपमा सम्पन्न भएकाछन् । सबै सञ्चालक समितिका बैठकमा संघलाई माथि उकास्ने नीतिगत बिषयमा छलफल हुने गर्दछन् । कूनैपनि नितिहरु नभएका यस संघमा हाल बिभिन्न खालका ५ वटा निति तयर भई साधारण सभाबाट पारित समेत भई सञ्चालनमा आएका छन् । सबै निर्णयहरु बिभिन्न समयमा पारित भएका नितिहरुको अधिनमा सञ्चालन हुन्छन् जिल्ला सहकारी संघमा ।
जिल्लामा सञ्चालन भएका अन्य सहकारी संघ÷संस्थाहरुलाई नितिगत रुपमा सञ्चालनका लागि पहल गर्नुपर्छ भन्दै आफ्ना बिचार राख्ने हामीले छाता संगठनको रुपमा आफै पहिला सचेत हुनुपर्दछ भन्ने मान्यता अनुसार यस्ता बिषयलाई अगाडी बढाउन संघका सबै सञ्चालकहरु तयार रहेका छन् । सबै सहकारीहरुलाई जिम्मेवारी बोध गराइ सहभागितात्मक रुपमा अगाडी बढ्नुपर्छ भन्ने मान्यता अनुसार विभिन्न प्रकारका ९ वटा उप समितिहरु मार्फत हामीले ४५ जना विभिन्न प्रकृतिका सबै क्षेत्र समेटिने गरी सहकारीका प्रतिनिधिहरुलाई यस संघका उप समितिहरुमा समेटेका छौं ।
विभिन्न समयमा उक्त समितिको बैठक बसि आवश्यक रुपमा जिल्ला संघलाई सुझाहरु समेत संघले प्राप्त गरिरहेको छ ।
लामो समय देखि द्रुत गतिमा जिल्ला सहकारी संघले फड्को मार्न नसकेको कारणको खोजी गर्दै हामी आफुले गर्नु पर्ने र गर्न नसकेका कार्यहरुमा सुरुवात गर्नुपर्छ भन्ने मनसायले सहकारीका क्ष्ोत्रमा सचेतना मार्फत विभिन्न प्रकारका कार्यहरु गर्दै आइरहेका छौं । जस अन्तर्गत २ पटक २ आर्थिक बर्षका क्यालेण्डर प्रकाशन गर्दै प्रत्येक महिना जिल्ला सहकारी संघ तथा जिल्लामा रहेका सहकारी संघ संस्थाहरुको गतिविधिहरु समेतलाई समेटेर संस्थामा भएका क्रियाकलापहरुको बुलेटिन मार्फत प्रकाशन गर्ने तथा संघको आफ्नै वेभसाइट मार्फत सहकारी सम्वन्धि सूचना सम्प्रषण गर्ने कार्य हामीले गर्दै आएका छौं ।
संस्थागत सुधारका लागि जिल्ला सहकारी संघमा स्तरोन्ती गर्नका लागि आवश्यक पूर्वाधार सहित बैठक कक्षको व्यवस्थापन तथा आवश्यक कम्प्यूटर, प्रिन्टर, डेस्कटप, प्रोजेक्टर जस्ता पक्षमा सुधार गर्दै लगेका छौं र खरिद समेत गरिसकेका छौं । संघमा सहकारीका क्षेत्रमा प्रत्यक्ष रुपमा ज्ञानबद्र्धक विभिन्न बिषयमा रहेर लेखिएको लेख रचना भएको जुइनो नामक स्मारिका प्रकाशन समेत गरिएको छ । स्तरीय खालका लेटर हेड तथा रेकर्ड फाईल, झोला र अन्य धेरै कार्यहरु सम्पादन गर्नका लागि आवश्यक पर्ने स्पाइरल कपी लगायत विभिन्न खालका अन्य बिषयमा हाम्रो ध्यान केन्द्रित समेत भएको छ जुन बिषय अपरिहार्य समेत छ । विभिन्न सहकारीहरुलाई खातापाताहरुको सुविधा उपलब्ध गराइ सस्तो दरमा सेवा उपलब्ध गराइरहेका छौं ।
जिल्लामा रहेका धेरै सहकारी संस्थाहरु संघमा आवद्धता छैन तरपनि यी सबै सहकारीहरुलाई एउटै छातामूनि कसरी समाहित गर्ने भन्ने सोचलाई कार्यान्वयन गर्नका लागि सबै सहकारीको सहाभगिता सुनिश्चित गर्ने योजना पनि जिल्ला सहकारी संघले अगाडी सार्दै गइरहेको छ । यसै क्रममा सहकारी संघ÷संस्थाहरुलाई सुविधामा विना धितो ऋण प्रवाह गर्ने सहित ऋण माग फारमको गुणस्तरीयतामा बृद्धि गर्दै बचतमा ब्याज आकर्षण गर्ने तथा अन्य खालका सोचहरुको विकास क्रमश गर्दै आइरहेको कारणले गर्दा जिल्ला सहकारी संघमा अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप, शेयर पूँजी, सदस्यता वृद्धिसँगै आर्थिक कारोबारको पक्षमा पनि निकै बृद्धि हुनगई योजना मुताविक संघको समुन्नत जिल्ला सहकारी संघ निर्माणका लागि समृद्ध कसरी बनाउने भन्ने सोचमा वृद्धि सहित सञ्चालक समितिलाई हौसला मिलेको छ ।
जिल्लामा रहेका १३ वटा स्थानीयतहका जनप्रतिनिधिहरुलाई सहकारी प्रति जवाफदेही बनाउनका लागि केन्द्रियस्तर देखि नै सहकारी विज्ञ सहितको प्रशिक्षण लगायतका कार्यहरु सम्पन्न गर्दै आएको यस संघले आफ्ना निति तथा कार्यक्रममा समेत सहकारीका पक्षहरुलाई समेट्न थाल्नु यसैको प्रभाव हो भन्न सकिन्छ ।
यस बीचमा जिल्ला सहकारी संघको गुणात्मक बृद्धि गराउन लागि पर्दा केहि चूनौतीका सामना गर्नुपरेको अनुभव पनि हामीसँग नरहेको हैन । हामीले जिल्ला भरीका सहकाकारी संस्थाहरु जुन डिभिजन सहकारी कार्यालयले १३ वटै स्थानीय तहमा हस्तानतरण गरीसकेको छ जसको बारेमा संस्थाको यथार्थ विवरण संकलन गर्नका लागि केहि तथ्यांकहरु समावेश हुनेगरी डाटा संकलनका कार्यहरु सुरु गरेका छौ ।
उपलब्ध तथ्यांकलाई सफ्टवेयर निर्माण गरी प्रत्येक बर्ष डाटा अपडेट गर्न मिल्ने गरी ल्याइएको उक्त कार्य गर्नका लागि हामीले सिमित स्रोत र साधनलाई अधिकताम परिचालन गरी अगाडि बढाउने लक्ष्य सहित सम्वनिध संस्थाका ढोका ढोकामा पुग्न कोशिस गर्दै छौं । धेरै सहकारी संस्थामा यस्तो कार्यको प्रशंसा समेत प्राप्त गरेका छौं तर केहि सहकारी संस्थामा भने विभिन्न खालका तिता बाणिहरु पस्कने जमर्को पनि प्राप्त गरेका छौ।
यस्तो खालका व्यवहारका कारण हामीलाई काममा सिथिलता समेत प्राप्त हुने हो की भन्ने लागेको छ । जिल्लामा सहकारकिा बारेमा तथ्यांकगत रुपमा कुनैपनि प्रकारका डाटा नरहेको यस अवस्थामा अभियानमा लागेका जो कोहिलाई पनि सहकारीका बारेमा जिल्लाको अवस्थाका बारेमा खुलेर बोल्न सक्ने बनाउने हाम्रो अभ्यासको केहि संस्थाहरुको व्यवहारलाई हामीले चूनौतीका रुपमा लिएका छौं । निकै उत्साह पूर्वक जिल्लाकै सहकारी स्वर्ण महोत्सवका उत्सर्गमा पुग्न लागेका बेलामा हामीलाई ठूलो धक्का महशुस भएको छ । सहकारी सहकारी बीचको यो अस्वस्थ पतिष्पर्धा जस्तो देखिने र सिंगो अभियानकै महत्वलाई असर पार्ने यस्ता कारणले गर्दा सिंगो सहकारीको उत्सव रोक्नु परेको अनुभवहरुले गर्दा हामीमा अर्को चूनौती थपिएको महसुश भएको छ ।
अझै पनि हामीमा जिल्लामा रहेका सबै सहकारी संस्थाहरुको विस्वास प्राप्त गर्न नसकेको होकी भन्ने लागेको छ । यो हाम्रो चूनौती नै होला भन्ने हामीलाई लागेको छ । हामी हाम्रो कार्यकाल भरी यी र यस्ता कार्यहरु निरन्तरत गरीरहने छौं । एकदिन अवस्य सबैको विस्वास जित्ने छौं । र सिंगो सहकारी अभियानलाई सफल बनाउन हाम्रो प्रयास निरन्तर रहि रहनेछ भन्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं ।
उपलब्धिहरु थोरै हुन तर उठाएका र थोरै प्रगतीका अवस्थाहरुलाई हेर्दा यसले ठूलो फड्को मार्न सुरु गरेको छ भन्ने हामीलाई लागेको छ । आउने यस चालु आर्थिक बर्षमा पहिलो बर्ष भन्दा पनि अझ धेरै सहयोग तथा हातेमालोको अपेक्षा गर्दछौं । एउटाले मात्र गरेर केहि हुदैन १५०० वटा सहकारीको संगठन नै हाम्रो आवश्यकताको लक्ष्य नै हो यसमा हातमा हात र साथमा साथ गर्दै सहकारीमय वातावरणको अपेक्षा समेत गर्दछौं ।