बनेपा – काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १२ रहेको गणेश भारती माध्यमिक विद्यालमा ध्रुवनाथ शर्मा वाग्लेले निजि लगानीमा बनाएको चारकोठे पक्की भवन आज हस्तान्तरण गरिएको छ । उक्त अवसरमा सरस्वती मन्दिरको प्राण प्रतिस्ठा गरिएको छ । सरस्वती मन्दिरको निर्माण बिना शर्मा वाग्लेले निर्माण गर्नु भएको हो। उक्त कार्यक्रममा HEFA नेपालले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ।
आज बनेपा नगरपालिकाको नगर प्रमुख शान्ति रत्न शाक्य प्रमुख आतिथ्यतामा र बिमला सापकोटा दाहालको बिशिस्ट आतिथ्यतामा भवनको हस्तान्तरण गरिएको हो। भगवान २०६४ सालमा बनाइएको थियो । आज एक विशेष कार्यक्रमको अवसरमा भवन हस्तान्तरण र सरस्वती मन्दिरको प्राण प्रतिस्ठा गरिएको हो।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष राम बहादुर कुँवर, काठमाडौं विश्व विद्यालयका रजिस्ट्रार डा. अचुत वाग्ले, मानव तथा श्रोत विकास केन्द्रिय सानोठिमिका महानिर्देशन दिपक शर्मा वाग्ले, गणेश भारती माध्यमिकको प्र.अ प्रेम शर्मा वाग्ले, रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-सभापति तथा सहकारीकर्मी मुकुन्द शर्मा, वडा नं. १२ का वडा सदस्यहरु, नेपाल विद्यार्थी संघ काभ्रे उप-सभापति आशिष शर्मा वाग्ले, विद्यालयको शिक्षक शिक्षिका, विद्यार्थीहरु, स्थानीय, समाजसेवी, युवा व्यवसायीहरुको सहभागितामा भवन हस्तान्तरण र सरस्वती मन्दिरको प्राण प्रतिस्ठा गरिएको हो।
४२ वर्ष फ्रान्स बसेर आउनु भएको आफुलाई ड्राइभर भन्न रुचाउने ध्रुबनाथ शर्मा वाग्लेले २०६४ सालमा एकल आर्थिक लगानीमा स्कुलको भवन निर्माण गर्नुभएको थियो । त्यो बेला स्कुलको प्र.अ विष्णु कुँवर हुनुहुन्थ्यो ।
बासडोल बाट बनेपा सम्म पढन आउनु पर्ने दुख त्यो जंगलको बाट देखेर मैले महेन्द्रज्योतिमा गणेश भारती माध्यमिक विद्यालयको भवन निर्माण गरेको ध्रुबनाथ शर्मा वाग्लेले बताए। पुर्व प्रधान पन्च स्व.रण बहादुर लामा, पुर्व गाविस सचीव नवराज थापा, राम बहादुर कुँवर लगायतले भवन निर्माणमा सहयोग गरेका थिए ।