दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे

सहकारीको माध्ययमबाट स्थानीय समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय विकास सम्भव छ भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धानबाट समेत प्रष्ट भैसकेको छ । यस्ता क्रियाकलापहरु सञ्चालन तथा सहकारीको दीगो विकासका लागि आ आफ्नो क्षेत्रमा विभिन्न प्कृतिका सहकारीहरु शेयर सदस्यहरु कार्य क्षेत्रमा तल्लिन भएर लागि रहेका छन् ।

समुदायमा स्थापित सहकारी संस्थाहरुले सहकारीको मूल्य मान्यता र सिद्धान्तहरुलाई अनुसरण गर्दै अगाडी बढ्नका लागि र सहकारीताको विकास गर्नका लागि योजनाबद्ध तरीकाले क्रियाकलापहरु सञ्चालन गनृका लागि योजनाका खाकाहरुलाई समेत प्रस्तुत गर्दै अगाडी बढेमा त्यस्ता क्रियाकलापहरु स्थायी रुपमा दर्बीलो सहकारकिो रुपमा अगाडी बढदछ । सहकारी संस्थामा रहेका नेतृत्वले बिना योजना सहकारी संस्था सञ्चालनका लागि अगाडी बढ्दा सहकारीहरु धरासयी भएका उदाहरणहरु धेरै पाइन्छन ।

व्यवसायिक संगठनहरुको सफलताका लागि बार्षिक, मध्यकालिन, दीर्घकालिन तथा रणनीतिक योजनाको महत्व अत्यन्त महत्वपूर्ण मानिन्छ । योजना तयारमिा सदस्यहरु तथा बिषेसज्ञतामा संलग्नलाई सुनिश्चित गर्ने, नीतिगत व्यवस्थ ागर्ने, आवश्यक स्रोृतहरु जुटाउने, योजना कार्यान्वयन, जनशक्तिको व्यवस्था मिलाउने, आन्तरिक स्रोतको व्यवस्था मिलाउने, बाहिरी स्रोतहरु जुटाउने, व्यवसायिक गतिविधिमा किसान, श्रमिक, यूवा, महिला आर्थिक रुपले पछाडी परेकाहरुको बर्ग र सिमान्तकृत समुदायलाई समावेश गर्ने आदि बिषयका उत्तरहरु योजना निर्माण सँगै राखेको हुन्छ । योजना निर्माण गर्दा सामाजिक आर्थिक तथा लैगिंक असमानतालाई न्यूनिकरण गर्न मद्धत गर्ने र जातिगत बिभेद र गरिवीलाई न्यूनिकरण गर्ने बिषयमा केन्द्रित हुँदा सहकारीको क्षेत्र पनि अलि फराकिलो हुँदै जाने कुरामा बिश्वास गर्न सकिन्छ ।

योजना भनेको व्यवस्थापन को पहिलो कार्य हो भन्ने बुझ्न जरुरी छ । बिना योजना गरेका कुनै पनि कार्यले व्यवस्थापनका प्राय सबै कामलाई प्रभावित गर्दछ । पहलिा पहिला गरेका बिभिन्न कार्यहरुबाट पाठ सिकेर हालको अवस्थालाई पछिसम्म टिकाइ राख्नका लागि योजनाको आवश्यकता पर्दछ । सहकारी संस्थाहरु निदर्दिष्ट गरेका उद्देश्यहरुसँग सम्वन्धित हुने गर्दछन् । निर्दिष्ट गरेका उद्देश्य पुरा गर्नका लागि योजना बनाइ कार्य सम्पादन गर्दा सहकारी संस्थामा रहेका सहकारीका उद्देश्यहरु सजिलै प्राप्त गर्न सकिन्छ । त्यसैले पनि योजना अपरिहार्य मानिन्छ ।

मानिसले निरन्तर रुपमा आफुले केहि न केहि रुपमा कार्यहरु गर्दै आइरहेको हुन्छ वा प्रत्येक पटक उसले नयाँ कुराको खोजि गर्न मन पराउछ त्यसैले नयाँ कुरा खोजि र परिवर्तनलाई उसले आत्मसात समेत गर्नसक्नुपर्छ त्यसैले भविस्यमा आउने अनिश्चिततालाई समाधान गर्न वा निश्चितता तर्फ अगाडी बढाउनका लागि योजना अपरिहार्य वा अनिबार्य मानिन्छ । सहकारी संस्थामा रहेका वा नेतृत्व गरिरहेका नेतृत्वकर्ताले स्थानीयस्तरमा भइरहेका श्रोत साधन तथा शक्तिहरुलाई असहजता नबनाइ वा खेर जान नदिइ समपर्क र समन्वय कायम गर्दै अगाडी बढ्नु पर्दछ । यसका लागि आफ्नो क्षमतालाई योजना सहित प्रस्तुत गर्नुपर्दछ ।

सहकारी संस्थामा योजनालाई पनि उत्तिकै महत्वपूर्ण रुपमा लिनुपर्दछ । धेरै जसो सहकारीमा बिना योजना बार्षिक कार्यक्रमहरु विना योजना नै सञ्चालन गरेको पाईन्छ । योजना बिना आधार तयार हुन सक्देन । सहकारमिा व्यवसायिक योजनाको पनि त्यतीकै महत्व मानिन्छ । यसका लागि स्पष्ट लक्ष्य वा तबचनभत लेखिएको हुनुपर्दछ । योजना जो कोहिले तयार गरेर हुदैन यसका लायि अधिकार प्राप्त ब्यक्तिले नै तय गर्नुपदृछ । योजनाको लक्ष्य, वास्तविक, विशिष्ट, स्विकार्य र मापन योग्य पनि हुनुपर्दछ ।

योजनामा बिगतमा भएको कार्यहरुको समिक्षा तथा समाधान गर्नुपर्ने मुख्य मुद्धाहरुलाई उजागर गरिएको हुन्छ । साथै योजनाका ला िके कति बजेट चाहिने हो ? रणनीतिक महत्प के हुने हो ? कुन श्रोतबाट पुरा गर्ने ? योजनाको संरचना र अवधि कति हुने ? कति समयमा हुने हो ? कार्यान्वयनका लागि रणनीति के हुने ? समिक्षा कति अवधिमा हुने ? कुन निकायमा हुने ? क्रियाकलापहरु के के हुने ? जोखिमहरु के के हुन सक्छन ? भन्ने बिषयमा ध्यान लिदनुपर्दछ । जस्ता योजना बनाउँदा पनि बिभिन्न तौर तरिका अपनाई बनाइएका पाइन्छन् । के गर्ने, कहिले गर्ने कति गर्ने कसरी गर्ने को को ब्यक्तिहरुको सहभागिताका आधारमा गर्ने भन्ने जस्ता बिषयहरु उल्लेख सहित योजना निर्माण गरिएका हुनछन् भने त्यस्ता योजनाहरुलाई छोटो अवधिमा पुरा गर्ने मध्ययम अवधिमा पुरा गर्ने वा लामो अवधिमा पुरा गर्न सकिने जस्ता अवधिका हिसावले निर्माण गरिएका हुन्छन् ।
योजनाका तत्वहरु योजनाका ततवहरुमा लक्ष्य, उद्देश्यहरु, रणनीति, नीतिहरु, प्रकृयाहरु, तरिका,नियम, बजेट, व्यवस्था, कार्यान्वयन, योजना, वा कार्ययोजना, अनुगमन, ूचक , अनुगमन, प्रणाली, मूल्यांकन,, संगठन, संरचना, जिम्मेवारी, जोखिम आदिका बिषयमा उल्लेख गरिएको हुनुपर्छ ।

लक्ष्य लक्ष्य भनेको योजनाको पहिलो खुड्किलो हो । योजनाको समाप्त पछिको अवस्था कस्तो हुनुपर्दछ भन्ने अमुर्त विम्बलाई लक्ष्यका रपमा लिन सकिन्छ । रणनीतिक योजना तथा दीर्घकालिन योजनामा सोच तथा गन्तब्यको स्पष्ट पहिचान सहित अगाडी बढाउन सक्नुपर्छ ।यसो गर्दा हाम्रा कार्यहरुले कार्यको गुणस्तरमा बृद्धि भई सन्तुष्टि प्दान गर्दछ । लक्ष्य भनेको निर्माण भएको कुनै एक योजनामा नै पुरा हुन पनि सक्छ र अन्य कुनै योजना थप गर्दै पुरा गर्नुपर्ने पनि हुन सक्छ । जस्तै उदाहरणका लागि सहकारी संस्थाको उद्देश्यमा नै स्पष्ट लेखिएको हुनछ कि सहकारमिा आवद्ध रहेका शेयर सदस्यहरुका आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने र आर्थिक समृद्धिका लागि पहल गर्ने । यसका लागि केहि सहकारी संस्थाहरुले सुरुवाती अवस्थामा नै ३ बर्षे तथा ५ बर्षे योजना निर्माण गर्दै अगाडी बढाइरहेका पनि देखिन्छन् ।

उद्देश्यहरु योजना निर्माण गर्दा सहकारी संस्था तथा अन्य संगठनहरुमा उल्लेख भएका उद्देश्यहरुको समेत ख्याल गरी निर्माण गर्दा छोटो समयमा नै प्रगती उन्मुख र गुणात्मक हुने गर्दछ । संस्थाको कार्य सम्पादन र नतिजा तथा जिवन्तताका लागि उद्देश्यहरु आवश्यक रहेका हुन्छन् ।

नीति संस्थामा योजना निर्माण गर्दा सहकारी तथा अन्य संस्थामा रहेका स.स्थाका नीतिहरु के कस्ता रहेका छन् भन्ने बिषयमा चासो राख्न सकेमा राम्रो हुन्छ । खासगरी नीति ३ प्रकारका रहेका पाइन्छ जसमा आधारभूत नीति,सामान्य नीति र बिभागीय नीतिहरु हुन्छन् । यो सँगै रणनीतको कार्यहरु पनि ख्याल गर्नुपर्दछ योजनामा रणनीतिले योजनामा गुरुयोजनाको कार्य समेत गर्दछन् भन्ने आम बुझाई पनि छ ।

योजनाका चरणहरु सहकारी स.स्था तथा बिभिन्न संस्था संगठनहरुमा योजना निर्माण तथा उपयोग गरी प्रयोग गर्दा उद्देश्य पहिचान तथा स्थापनाको बारेमा राम्रोसँग बुझ्नु पर्दछ भने स.स्थामा बर्तमान अवस्थाको जाँच, भविस्यको बारेमा संस्थामा रहेको सोच र सम्भाव्य असरहरुको बारेमा समेत ख्याल गरी अगाडी बढ्दा राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….