शिक्षासेवी, समाजसेवी एवं सञ्चारकर्मी होम चौंलागाईमाथी कुटिएका भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागी चौंलागाँईलाई स्थानीय राजेन्द्र सापकोटाले कुटपिट गरेका हुन् ।
शनिबार डेंगुका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा वडा अध्यक्ष सिताराम श्रेष्ठले वडा कार्यालयमा बोलाएर हातपात गराएको चौंलागाँईले बताएका छन । कुटपिटका कारण चौंलागाँईको टाउको र अनुहारमा गम्भिर चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार हुंदै छ ।डेंगुका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा डेंगुबाट मृत्यु भएकी महिलाका श्रीमान् सापकोटा र ससुराले चौंलागाँईलाई कुटपिट गरेका हुन् । महिलाको केहिदिनअघि उपचारका क्रममा उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तले स्थानीय फार्मेसीको गल्तीले मृत्यु भएको भन्दै नगरपालिकामा निवेदन दिएका थिए । नगरपालिकाले उक्त घटना छानविनका लागि समिति गठन गरेको छ । छानविन समितिको प्रतिवेदन हालसम्म नगरपालिकालाई प्राप्त भएको छैन । प्रतिवेदन नआउँदै पीडितका आफन्तले घटनाका बारेमा छलफल माग गरेका थिए । नगरपालिकाले घटनाका सन्दर्भमा छानबिन गरिरहँदा वडाले आज छुट्टै छलफल बोलाएको थियो ।