काठमाडौं । नेपाली मोडल तथा अन्तर्राष्ट्रिय फेशन कोच राज फैजु इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लबको अध्यक्ष चुनिनुभएको छ । मलेसियाको कोटाकिना बालु शहरमा आयोजित नेपाल सहित इण्डिया, मलेसिया, फिलिपिन्स, साउथ कोरिया, इण्डोनेसिया लगायत दर्जन बढी देशका ‘इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लब’का राष्ट्रिय निर्देशकहरूको भेलाले फैजुलाई अध्यक्षमा चुनेको हो ।
‘इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लबको’ उद्देश्य अन्तराष्ट्रिय क्षेत्रमा गुणस्तरीय पेजेन्ट तथा फेशन शोका कार्यक्रम आयोजना गर्ने रहेको छ । क्लबमार्फत नेपालमा अन्तर्राष्ट्रियस्तरका पेजेन्ट र फेशनका कार्यक्रम भित्र्याएर नेपालको पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको फैजुले बताउनुभयो ।
करिब १५ वर्षदेखि रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीमार्फत नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा फेशन शोहरू आयोजना गर्दै आउनुभएका फैजु अन्तर्राष्ट्रिय म्युजिक भिडियो अभिनयको अलवा विभिन्न ब्याण्डसँग समेत आबद्ध हुनुहुन्छ । – हिमालयन टाइम्स