काभ्रेपलान्चोक – अनेरास्ववियु काभ्रेले तिजको अवसरमा लोक गित प्रतियोगिता गर्ने भएको छ। नेपाली कला संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले लोक गित प्रतियोगिता गर्ने लागिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेपलाञ्चोकले अखिल लोक गीत प्रतियोगिता आयोजना गरेको हो।
अनेरास्ववियु महिला विभागको आयोजना र अनेरास्ववियु काभ्रेको व्यवस्थापनमा भदौ १८ गते लोक गीत प्रतियोगिता हुन लागेको हो । इच्छुक विद्यार्थीहरुले समुह बनाई आज साँझ (भदौ १६ ) ४ बजेसम्म समुह दर्ता गर्न सकिनेछन् ।
भदौ १५ गतेसम्मको समय तय गरिएकोमा अन्तिम दिन शनिवार परेकाले आइतबार एक दिन समय थप गरिएको अनेरास्ववियु काभ्रेले जनाएको छ ।
लोक गीत प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा ५ जनाको समुह हुनुपर्नेछ । उत्कृष्ट मौलिक भेषभुषालाई समेत मुल्यांकनको आधार बनाइएको छ भने मौलिक गायनलाई प्राथमिकता दिइनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने महिला विभाग प्रमुख प्रजिता ढुंगानाले जानकारी दिइन्