बनेपा – आत्मनिर्भरता, स्वरोजगार र रोजगारको अवसर सृजना गराउन नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले ड्राईभिङ कक्षा सुरु गरेको छ । कामको सिलसिलामा काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिकाका नागरिक लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) भुम्लु काठमाडौं सम्पर्क मंञ्चले ड्राईभिङ अभिमुखीकरणको कक्षा सुरु गरेको छ ।
भुम्लु गाउँपालिकाका नागरिक लक्षित ड्राईभिङ तालिम लिन आउनु भएका युवासँग नेकपा एमालेका पोलिटव्यूरो सदस्य, संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले अन्तरकृया गर्नुभएको छ ।

कक्षाको सुभारम्भ गर्नुहुँदै पूर्वमन्त्री बाँस्कोटाले नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंञ्चको समन्वयमा भएको तालिमले रोजगारीको आधार सृजना गराएको उल्लेख गर्नुभयो । उहाँले तालिम सीप, श्रम र रोजगारी नै उत्पादन बृद्धिको आधार भएको बताउनुभयो । उहाँले रोजगारी वृद्धिको लागि स्थानीयस्तरबाट हुने यस्ता कार्यक्रमले ठूलो भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले एमालेले यस्ता रचनात्मक र श्रमसँग जोडिएका असल कार्यलाई प्रोत्साहन गर्ने बताउनुभयो । युवालाई सिप र रोजगारसँग जोड्ने लक्ष्य लिएर कक्षा सुरु गरिएको नेकपा एमाले भुम्लुका अध्यक्ष प्रेम लामाले जानकारी दिनुभयो । उहाँले सिप र श्रम बिना युवाको भविष्य उज्जव नहुने भएकाले ड्राईभिङ तालिम दिएर स्वरोजगार र रोजगार बनाउने अभियान अघि बढाएको दाबी गर्नुभयो ।
ड्राईभिङ अहिलेको माग भएको र तत्कालै रोजगारको अवसर समेत सृजना गर्ने भएकाले आफूहरुले भुम्लु गाउँपालिकाबाट काठमाडौं आएर बस्ने युवाहरुका तालिम दिएको सम्पर्क मंञ्चका अध्यक्ष अशोकदेव पराजुलीले बताउनुभयो ।

तलिममा ४५ जना सहभागी हुनुहुन्छ । जसमा ८ जना महिलाले तालिम लिनुभएको छ । नसक्ने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क र अरुलाई पाँच हजार रुपियाँमा तालिम दिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँहरुलाई सुरुमा २० दिनको कक्षा लिने र त्यति दिनमा लाइसेन्स लिन नसकेमा पुनः थप सीप सिकाएर ड्राईभिङको लाइसेन्स निकाल्न सक्ने बनाउने लक्ष्य लिएको उहाँले दाबी गर्नुभयो ।

भुम्लुका नागरिकलाई आत्मनिर्भर बनाउने पहिलो लक्ष्य रहेको र त्यसपछि रोजगारीका अवसरहरु सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….