दिनेश भण्डारी/काठमाडौं -नेपाली गीत संगीत क्षेत्रमा नयाँ गीत संगीतहरू भन्दा पुराना सर्जक तथा स्रष्टाहरूको गीत संगीतलाई सांगीतिक बजारले छुट्टै नजरबाट हेर्ने गरेको देखिन्छ। यस्तै पुराना सर्जक तथा काठ क्षेत्रका धरहर रेशम थापा र उहाँको गीत संगीत नचिन्ने र नसुनेको नेपालीहरु गीत संगीत क्षेत्रमा कमै मात्रामा छन् होला। थापाका धेरै पुराना गीतहरू रेडियो तथा चक्का र क्यास्केटको माध्यमबाट सुनिएका कति पए गीतहरुको म्युजिक भिडियो भने निर्माण भइसकेको छैनन् यस्तै अवस्थामा रहेको तथा सयौं नेपालीहरूको मनमुटुमा बस्न सफल सुपरहिट गीतको रूपमा चिनिने एल्बम हो। “रुमालै छ चिनो” उक्त गीतले नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको विदेशिएका पारिवारिक सदस्य आफ्नो परिवारसँग चाडपर्व मनाउन आउन नपाउने विषयलाई कथागत रुपमा र एउटा समस्याको रुपमा झल्काई शब्द तथा संगीतको निर्माण भएको छ।

सार्वजनिक उक्त एल्बम चर्चित गायक तथा गीतसंगीत क्षेत्रको धरोहर रेशम थापाको मौलिक र मनछुने लय शब्द सिर्जना भित्र निर्माण भएको छ। उक्त शब्द तथा संगीतमा थापा स्वयंमको र चर्चित गायिका गीतादेवी उस्तै चर्चित गायिका सीता थापाको सुमधुर आवाज सुन्न सकिन्छ। यस “रुमालै छ चिनो” गीत बजारमा नसुन्ने व्यक्ति तथा नगुन्जने सञ्चार माध्यम र मिडियाहरू कुनै पनि छैनन्। प्राचीनकालदेखि नै लाखौं नेपालीहरूको मनमा बस्न सफल उक्त गीतले लाखौं परदेशी नेपालीहरूको मन जितेको छ। सार्वजनिक उक्त एल्बममा म्युजिक भिडियो लाई अहिलेका निकै व्यस्त म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठले निर्देशन गरेका छन्। सोही म्युजिक भिडियोमा दिपेन्द्र सोनाम पवित्रा साहनकी मिस पवि र नवीन कुमारपुरीको आकर्षक म्युजिक भिडियो अभिनय देख्न सकिन्छ साथै चक्रबहादुर बरालको छायांकन तथा विष्णु खड्काको सम्पदकमा भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियो रेशम थापा नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।
पुरा भिडियो

 

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….