काभ्रे: पनौती नगरपालिकाले विद्यार्थीहरुका लागि नि:शुल्क आँखा जाँच शिविर बुधबारबाट सुरुवात गरेको छ ।

नगर प्रमुख रामशरण भण्डारीले आज पनौती नगरपालिका वडा नं ७ को पुन्य मा.वि. बाट सो कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाका तर्फबाट हिरामणि शर्मा, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक केसी, स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र.अ, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यस अभियान अन्तर्गत रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा पनौती नगरपालिकाभित्रका सबै विद्यालयहरु (सामुदायिक तथा संस्थागत) मा अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….